३ लाख घुससहित शाखा अधिकृत प्रसाई र २ जना सहयोगीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई सहित २ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

पेन्सनपट्टा बनाई दिने प्रयोजनार्थ सेवाग्राहीस घुस मागेपछि उनीहरु रंगेहात पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले धनेश्वर प्रसाईलाई सेवाग्राहीबाट ३ लाख घुस लिएको अवस्थामा उक्त रकमसहित पक्राउ परेका थिए । अनुसन्धानको सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंका शाखा अधिकृत धनेश्वर प्रसाई, कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीको अनुसार पेन्सन पट्टा बनाई दिनको लागि विभिन्न बहाना बनाई ३ लाख घुस माग गरेको पुष्टि भएको छ ।

शाखा अधिकृत प्रसाई, कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानलाई भ्रष्टाचार निवारण ऐन बमोजिमका कैद सजाय र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ।