वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २७वर्षीया हिमकला खाम्चा मगर, चितवन खैरहनी नगरपालिका-२ घर भई काठमाडौं तार्केश्वरनगरपालिका-१० मनमैजु बस्ने ४१ वर्षीय बलराम सिलवाल र नवलपरासी पूर्व कावासोतीनगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-३२ बस्ने ३५ वर्षीय दिपेश महतो रहेका छन् ।

पक्राउ मध्ये हिमकलाले सर्विया पठाइदिछु भन्दै १ जना पीडितबाट ८० हजाररूपैयाँ, बलरामले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ रदिपेशले मलेसिया पठाइदिन्छुभन्दै ४ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई
सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हिमकला र बलरामलाई काठमाडौं टेकुबाटबुधबार तथा दिपेशलाई काठमाडौं टेकुबाट मंगलबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये हिमकला र बलरामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागिवैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा दिपेशलाई जिल्ला प्रहरी परिसरकाठमाडौं पठाइएको छ ।