विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी विपद्व्य वस्थापन कार्यालयमा संचालित ३५ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिममंगलबार सम्पन्न भएको छ ।

उक्त अवसरमा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारा देवि थापाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप रदक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम कुमार दानीले तालिमसम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस १ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ३ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान २२ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।