चितुवाको छाला सहित एक जना पक्राउ

धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार गेष्ट हाउसबाट ८ फिट २ इन्चलम्बाई र २ फिट २ इन्च चौडाई भएको चितुवाको जस्तो देखिने छाला १ थान सहित डोटी घरभएका २६ वर्षीय नरेश साउँदलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।