करारमा कर्मचारी राख्न गण्डकी प्रदेश सरकारले जारी गरेको अध्यादेश आज संसदबाट स्वीकृति हुने

गण्डकी प्रदेश सरकारले अस्थायी कर्मचारी भर्ना गर्न जारी गरेको अध्यादेश आज संसदबाट स्वीकृति हुने भएको छ । करारमा कर्मचारी राख्न गण्डकी प्रदेश आफैंले बनाएको निजामती सेवा ऐन बाधक भएपछि सरकारले ल्याएको अध्यादेश आज संसदबाट पारित गर्ने कार्यसूची बनाउने सत्तारुढ दलको तयारी छ ।
गण्डकीमा २७ सिटको नेपाली कांग्रेस र २२ सिटको नेकपा एमाले सत्तारुढ दल एक ठाउँमा हुँदा ६० सदस्यीय गण्डकी प्रदेश सभामा दुईतिहाइभन्दा धेरै बढी छ । गण्डकीमा माओवादीका ७ र राप्रपाका २ जना सांसदमात्रै विपक्षमा छन् । गण्डकी प्रदेशको इतिहासमै प्रतिपक्ष सबैभन्दा कमजोर अवस्थामा छ ।