skip this वडा नं १६ बालाजु च:मती

नारायणगढ–काठमाडौँ सडकखण्डबाट मोटरसाइकल त्रिशुलीमा खस्यो, चालक बेपत्ता

नारायणगढ–काठमाडौँ सडक खण्डमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । शुक्रबार बिहान ११स्५५ बजे चितवनको ईच्छाकामना गा.पा.५ चट्टाने भीर ९कालीखोला०मा डिभाइडरमा ठोक्किएर बाइकसहित चालक त्रिशूली नदीमा खसेका हुन् ।

बेपत्ता हुनेमा लमजुङ घर भई चितवनको भरतपुर बस्ने रोहित राना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्रको गोताखोर टोलीले मोटरसाइकल फेला पारे पनि चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।