नेपाली बिधार्थी आकृती लम्सालको मृत्यु प्रकरणमा भारतको ओडिसा केआईआईटी कलेजबाट भएको लापरवाही र नेपाली बिधार्थी माथी भएको दमनको बिरोध गर्दे नेपाल बिधार्थी संघले प्रेश बिज्ञप्ती जारी गरेको छ ।
जारी बिज्ञप्तीमा मृतक आकृती लम्सालको मृत्युको कारण यथाशिघ्र निष्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्न, केआईआईटी कलेजमा अध्यनरत नेपाली बिधार्थीहरुको सुरक्षा प्रत्याभुती गर्न, केआईआईटी कलेजले औपचारीक माफी माग्नुपर्ने लगायतका माग राखेको छ ।
मृतक आकृती लम्सालको न्यायकालागी आवस्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकाललाई भेटेर आग्रह गरीएको नेपाल बिधार्थी संघको परराष्ट्र सम्बन्ध बिभागका उपसंयोजक अनुप सुनुवारले जानकारी दिए । त्यस्तै भारत स्थित नेपाली दुतावासलाई मृतक आकृती लम्सालको न्याय र नेपाली बिधार्थीको सुरक्षाको लागी नेपाली बिधाथी संघले ध्यानाकर्षण गराएको जनाएको छ ।


















