फ्रान्सको मिलोस शहरमा छुरा प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने दुई प्रहरी गम्भीर घाइते भएका छन्। समाचारअनुसार आरोपीले सुरुमा दुई प्रहरीलाई अन्धाधुन्द चक्कु हानेर गम्भीर घाइते बनाए । आक्रमणबाट एक प्रहरीको घाँटीमा र अर्कोको छातीमा चोट लागेको समाचारमा उल्लेख छ ।
सो देखिरहेका एक ६९ वर्षीय पोर्चुगिज पुरुष हस्तक्षेप गर्न जाँदा उनीमाथि पनि चक्कु प्रहार भयो र उनको मृत्यु भएको बताइएको छ । घटनास्थलबाट ३७ वर्षीय अल्जेरियन पुरुषलाई पक्राउ गरिएको छ। उनीविरुद्ध आतंकवादसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको छ। राष्ट्रपति इमानुएल म्याक्रोले यो इस्लामवादी आतङ्कवादी हमला भएको भन्दै कडा विरोध गरेका छन् ।

















