खानेपानी मन्त्री प्रदिप यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत बद्नाम हुने गरि अनियमित काम गर्दै आएको खानेपानी मन्त्रालय स्रोतले बताएको छ । उनले आफु मातहतका योजना र आयोजनाका ठेक्का, कोटेश्न र कर्मचारीहरुको अनियमित सरुवामा मोटो रकम लिने गरेको पनि स्रोतले दाबि गर्यो ।
मन्त्री यादवले असोजमा सरुवा गरेका अयोजनाका प्रमुखहरुलाई काम गर्ने सिजनमा पुन: सरुवा गरेर कर्मचारीहरुमा आतंक र्सिजना गरेका छन । उनले यसअघि जारी भएका कयौ नीति र निर्देशनहरु र खानेपानी मातहत रहेका कम्पनी, बोर्ड, संस्थान, समितिका प्रमुखको नियुक्ति, सेवा, सूविधाहरुको समेत मन्त्री स्तरीय निर्णयबाट खारेज गर्ने तयारी गरेको बुझिएको छ ।
त्यसो त केही कार्यलयका प्रमुखलाई किस्ता नदिएको भन्र्दै मन्त्री सरुवा गरेको खाने पानीकै एक कर्मचारीले बताए । त्यस्तै जनकपुरको प्रमुखलाई मन्त्रालयमा बोलाएर अलपत्र पारेका छन । उनको ठाउँमा पनि अर्को व्यक्तिलाई पठाउने तयारी गरिरहेको मन्त्रालय स्रोतले बताएको छ । मन्त्री यादवले खानेपानी आयोजनाहरुको करिव १२ करोडको डिपिआरको काम कोटेश्नमा आफु निकटका मानिसहरुलाई दिएर माटो कमिशन खाएको पनि मन्त्रालयमा निकै चर्चा छ । उनले खानेपानी तथा ढल व्यवस्थापन विभागका चल्तापूर्जा उपमहानिर्देशक रामचन्द्र काफ्ले र आफ्ना निजी सचिव अभिमन्यु यादव मार्फत २० ओटा आयोजनाबाट करिव १२ करोड भन्दा बढीको डिपिआर गराएका छन ।
मन्त्री यादवले खानेपानीको आयोजनामा कन्सल्टेन्टको काम दिन्छु भन्र्दै विवादित व्यापारी दिपक मलोत्राले बोकेका भारतीयलाई काम दिने तयारी गरेका छन । उनले ती व्यापारीसँग एक करोड रुपयाँ कमिशन बुझिसकेको गाईगुई हल्ला चलेको छ । त्यो कन्सल्टेन्टले अहिले पनि त्यो आयोजनामा काम गरिरहेको छ । उसले टिम लिडर र आवश्यक संख्यामा प्राविधिक कर्मचारी उपलब्ध नगराएको भन्दै आयोजनाले किन ठेक्का रद्ध नगर्ने भनेर पत्र लेख्नुपरेको आयोजना स्रोतले दावी गरेको छ । त्यस्तो विवादमा परिसकेको कन्सलटेण्टलाई काम दिने गरि पेश्की मन्त्रीले बुझनु पदको दुरुपयोग हो कि होइन ? त्यसै गरि नेपाल खानेपानी संस्थानको महाप्रबन्धक नियुक्ति गर्दा अर्जुनबाबु ढकालसँग बिटाका बिटा बुझेको जानकारवालाहरुले बताएका छन । तीन जनाको नाम मन्त्रीपरिषद्मा सिफारीस भएकोमा अर्जुनबाबु ढकाल नियुक्त भएका छन ।
डा.डिपि चापागाई र डा. ईश्वर प्रसादल पनि रकम दिन तयार भएको तर ढकालले बढी दिएको स्रोतको दाबि छ । तर मन्त्री यादवले तीन जनाको नाम पदपुर्ति समितिले सिफारीस गरेपछि तीनै जनासँग छुट्टाछुट्टै भेटेका थिए ।
मन्त्री यादवले खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलाई बलीको बोको बनाउर्दै खानेपानी मन्त्रालयका सहसचिवहरुका वरियताक्रममा १३ औं नम्बरमा रहेका रामचन्द्र काफ्लेलाई महानिर्देशकमा नियुक्ति गर्ने आश्वासन दिएको बुझिएको छ । काफ्ले यहि २०८१ साल असार ७ गते अनिवार्य अवकाशमा जान लागेका छन । असारमा अवकाश हुन लागेका काफ्लेसँग पनि रकम लिएरै महानिर्देशक बनाउने तयारी रहेको मन्त्री निकट स्रोतले दावी गरेको छ । काफ्ले उपसचिव हुदाँ २ बर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निलम्बनमा पनि परिसकेका सहसचिव हुन । यी नै जुनियर सहसचिव काफ्लेका कारण धेरै सिनियर सहसचिवहरुले खानेपानी विभाग छोडिसकेका छन । उनी आफु मातहतको काम समयमा नगर्ने र अरु कर्मचारीहरुलाई दोष लगाउर्दै आएका छन ।
अध्यादेशका कारण सरकार संकटमा परेका समयमा मन्त्री यादव महत्वपूर्ण विभागका प्रमुखहरुलाई ७ महिनामा हटाएर नयाँसँग आर्थिक मोलमोलाईमा लागेको देखेर खानेपानी मन्त्रालयका कर्मचारी जिव्रो टोक्छन । काफ्लेलाई निजामति किताव खानले अनिवार्य अवकाशको पत्र पनि पठाइसकेको छ ।



















