बिहीबारदेखि हिमपातका कारण बढेको चिसो मौसमले ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थीहरू प्रभावित भएका छन्। सोही विद्यालयका ५० जनाभन्दा बढी विद्यार्थी बिरामी परेका छन् भने बाग्लुङको ढोरपाटन नगरपालिका–९ को ज्योति विकास माध्यमिक विद्यालय र सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थीहरू पनि प्रभावित भएका छन्।
ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैका अनुसार १८३ जना विद्यार्थीमध्ये करिब १०० जना मात्र विद्यालय आएका छन् । विद्यालय आउनेहरुलाई पनि पनि ज्वरो र रुघाखोकीबाट ग्रसित बनेको बताएका छन् । चिसो मौसमले उपस्थितिमा कमी ल्याएको छ र चिसो मौसममा विद्यार्थीहरूलाई न्यायो राख्ने सामग्रीको आवश्यकता परेको बताएका छन् । चिसोका कारण गत पौष २० गतेदेखि बन्द भएको विद्यालय माघ २० गतेदेखि सञ्चालनमा आएको अदैले जानकारी दिएको छ ।
टोरपाटन नगरपालिकाको प्रमुख प्रशासनिक अधिकृत चिरञ्जीवी घिमिरेले पूर्वधार निर्माणबाहेक अरू केही नभएको बताए । उनले बालबालिकाहरूलाई चिसो ठाउँमा सुरक्षित अध्ययन गर्न आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने कुरामा जोड दिए।


















