छुइन्द्र नारदेन लामा तामाङद्धारा लिखित जीवन अनुभूति नारदेन (ङारदेन) थर तामाङको अध्ययन नामक पुस्तकको एक कार्यक्रम गरी विमोचन गरिएको छ । विमोचन कार्यक्रममा इटहरी उपमहानगरपालिका २० नं वडा अध्यक्ष मणिराम श्रेष्ठको प्रमखु अतिथ्यमा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दाै प्रमखु अतिथि श्रेष्ठले छुइन्द्र नारदेन लामाले जीवनको उत्तरार्धमा पुस्तकलेखेर आफ्नो वंश ,समाजर, सिङ्गो राष्ट्रलाई गुन लगाएको बताउनुभयो ।
कार्यक्रममा विशिस्ट अतिथिको रुपमा तथ्यांक शास्त्री प्राध्यापक विदुर नेपाल,नेपाल तामाङ बौद्ध लामा गुरु तथा जेष्ठ नागरिक तथा लेखक छुइन्द्र नारदेन लामा तामाङ ,पुस्तकका सम्पादक अधिवक्ता अन्तर्राष्ट्रिय कानुन तथा संवैधानिक कानुनविद् मानव अधिकारवादी राजनीतिक साथै प्राध्यापक रबिन्द्र तामाङ ,इटहरी वडा १९ महिला सदस्य इन्दिरा राई रहनुभएको थियो । त्यसै गरि कार्यक्रममा विशेष अतिथिको रुपमा सिंगर तामाङ समाज अध्यक्ष तथा भूपु सिक्षक मचिन्द्र सिंगर तामाङ ,ने.ता घे इकाई वडा १९ अध्यक्ष निमा मोक्तान रहनुभएको थियो । नेता घे सुनसरी समन्य समिति सदस्य गणेश सिंगर तामाङ रहनु भएको थियो । त्यस्तै अतिथिको रुपमा समृद्धी कृषक समुहका अध्यक्ष लोक बहादुर कार्की ,मझौरा युवा क्लब सचिव एशोधा राई ,समाजसेवी नुत्रि हब फिट्नेस सेन्टर तथा जुम्बाका उत्तम केसी रहनुभएको थियो ।कार्यक्रमको संचालक कलाकार तथा समाजसेवी सुरेन्द्र नारदेन लामाले गर्नुभएको थियो । कार्यक्रम इन्जिनियर बिरेन्द्र लामाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम पुस्तकका सम्पादक अधिवक्ता रबिन्द्र तामाङ नारदेनले पुस्तकको बारेमा प्रकाश पार्दै पुस्तकमा पशुराम तामाङ लेखक रहेको र प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको पुस्तकमा नारदेन(ङारदेन) बशंका बारेका भ्रमक जानकारी प्रकाशन गरेको साथै तामाङ महिलाका बारेमा गलत भाष्य हुने गरी प्रकाशन गरेकोमा छुइन्द्र नारदेन लामाले लेखेको पुस्तकले यि भ्रम चिर्ने बताउनु भयो । उहाँले वि.सं १९१० को मुलुकी ऐन मार्फत तामाङ जातीलाई गरेको विभेद र १८५० मा रण बहादुर शाहले नुवाकोटका १ हजार जना तामाङ काटेको पत्रका साथै कसरी भिम शम्सेरले भोजपुर की दिल कुमार तामाङलाई विवाह गरे पछि मात्र तामाङ लेख्न पाएको हो भन्ने जस्ता विषय समेटेको बताउनुभयो । विमोचित पुस्तकका लेखक मन्तव्य छुइन्द्र नारदेन लामा तामाङले आफ्नो मन्तव्य राख्दै पुस्तक लेख्ने जागर कसरी चल्यो भन्ने विषयवस्तु प्रकाश पार्नुभयो । कार्यक्रममा मझौरा टोल विकास संस्था अध्यक्ष दिपक सिलवाल लगायत अन्य व्यक्तित्वले पनि मनतव्य राखेको थियो ।





















