सिरियाली राजधानी दमस्कसमा नयाँ सरकारप्रति वफादार सिरियाली सेना र अपदस्थ असद शासनका समर्थकहरूबिच भीषण लडाइँ भएको सुचना आएको छ ।
रुसको नियन्त्रणमा रहेको एयरबेस नजिकैको लाटाकिया क्षेत्रमा भएको झडपमा दर्जनौँको मृत्यु भएको छ। डिसेम्बरमा बसर अल–असदको पतन पछि सिरियाको इस्लामवादी सरकारसँग सम्बद्ध सेनासँगको यो सबैभन्दा हिंसात्मक झडप हो ।
मारिएका व्यक्तिहरूको सङ्ख्याको अनुमान फरक–फरक लगाइएको छ, तर सरकार समर्थक सेनाहरूले गरेको आक्रमणमा करिब ७० जना पूर्व सरकारी लडाकुहरू मारिएका थिए। १६ जना सरकारी सुरक्षा बल, २८ जना असद समर्थक लडाकु र चार जना सर्वसाधारणसहित कुल ४८ जनाको मृत्यु भएको थियो भने २५ भन्दा बढीलाई जाब्लेह र वरपरका क्षेत्रहरूमा पक्राउ गरिएको छ ।
सिरियाली रक्षा मन्त्रालयका प्रवक्ता कर्नल हसन अब्दुल घानीले लाटाकियामा लडिरहेका असद समर्थकहरूलाई चेतावनी दिएका छन्।

















