तिब्बतमा भूकम्प, काठमाडौँमा पनि धक्का महसुस

शनिबार तिब्बतको डिंग्री काउन्टीमा भूकम्प गएको छ । भूकम्पको काठमाडौँमा पनि महसुस भएको छ ।ईएमएससी ईयूका अनुसार पश्चिमी सिजाङ भएर गएको भूकम्पको तीव्रता ५.१ म्याग्निच्युडको रहेको थियो । यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तर पश्चिम रहेको थियो ।
यसअघि पुस २३ मा तिब्बतको डिंग्री काउन्टीमा भूकम्प गएको थियो । अमेरिकी जियोलोकिल सर्भेअनुसार ७.१ म्याग्निच्युडको सो भूकम्पमा परी करिब ४ सय जनाको मृत्यु भएको थियो भने ३३८ जना घाइते भएका थिए ।