‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ स्थगित

 

नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ स्थगित गरेको छ ।

राष्ट्रिय राजनीतिको विकसित घटनाक्रमलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने भएकाले केही दिनका लागि अभियान स्थगित गरिएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।
‘आज रौतहटमा अभियान चलिरहेको छ । भोलिदेखि हुने अभियान भने केही दिनका लागि स्थगित भएको छ,’ महासचिव गुरुङले भने, ‘राष्ट्रिय राजनीतिलाई हेरेर केही सरसल्लाह गर्नुपर्ने तथा कार्यक्रमलाई केही परिमार्जन गर्नुपर्ने कारणले तत्काललाई अभियान स्थगित गरिएको हो ।’