अवैध लागूऔषध गाँजा बरामद

पर्सा, वीरगंज महानगरपालिका-१६ इनर्वा गाउँस्थित खाली जग्गाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ७५ किलो ७ सय ग्राम मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त स्थानमा ७ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ग. २३ प २५३५ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल छाडी मोटरसाइकलमा सवार २ जना व्यक्तिहरू फरार भएपश्चात मोटरसाइकलमा रहेको ब्याग तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।