आफ्नो मान्छे कर्मचारीमा कतै नियुक्त गरेको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मान्छे कतै नियुक्त नगरेको बताएको छ । ‘अहिलेको सरकारले हाम्रो होइन राम्रो मान्छे नियुक्त गर्छ र मेरिटोक्रेसीका आधारमा गर्छ । आफ्ना मान्छे नियुक्त गर्छ भन्ने आरोप सही छैन’, प्रधानमन्त्रीले भने, ‘सरकारले मेरिटोक्रेसीका आधारमा नियुक्तिहरू गर्छ । आफ्ना मान्छे नियुक्त गर्छ भन्ने आरोप सही छैन ।’

देशको आर्थिक अवस्था दुरावस्थामा पुग्नुमा वर्तमान सरकार मात्र जिम्मेवार नभएको र सरकारी नियुक्तिमा मतभेद भएको आरोपमा कुनै सत्यता नभएको पनि प्रधानमन्त्रीले जोड दिए। उनले नेपाल प्रहरीको आइजीपी नियुक्तिलाई उदाहरणका रूपमा लिन आग्रह गर्दै उनले विकास निर्माणका काम अघि बढाएको बताए । कानुन विपरीत काम गर्ने जो कोहीलाई सरकारले कारबाही गर्ने कुरामा जोड दिए।