आइतबार बिहान हुनुअघि नै गाजामाथि इजरायलले गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । इजरायली सेनाले नासेर अस्पताललाई लक्षित गरेर भएको आक्रमणमा हमासका दुई प्रमुख कमान्डर मरेको केही घन्टापछि यी आक्रमण भएका हुन् । जासुसबाट जानकारी जुटाएर इजरायलले सटिक हथियारबाट यी आक्रमण गरेको बताइएको छ ।
अस्पतालमाथि गरिएको हमलामा १६ वर्षका प्यालेष्टिनी युवकको पनि मृत्यु भएको थियो । हमासले सर्वसाधारण बस्ने ठाउँलाई ढालको रुपमा प्रयोग गर्ने गरेको आरोप इजरायली सेनाको छ ।
हमासले गाजाका आम मानिसलाई खतरामा राखेर अस्पताल जस्ता पूर्वाधारहरूको दुरुपयोग गरिरहेको आरोप इजरायली सेनाले ललगाएको छ । आफ्नो कब्जामा रहेको वेष्ट बैंकको क्षेत्रमा इजरायली सेनाले छापा तीव्र पारिरहेको छ ।



















