सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन् ।
इटहरी उपमहानरपालिका–६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए । आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् ।
सशस्त्र प्रहरीको नं। १ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा खटिएको १०५ जनाको टोलीका साथै नेपाली सेना र नेपाल प्रहरीका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
उक्त प्लाजामा केही व्यक्ति रहेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर समेत पठाइएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयले हेलिकप्टर पठाइएको बताएको छ । हेलिकप्टरबाट समेत उद्दार सुरु गरिएको छ । अझै प्लाजाभित्र ३ जना फसेको देखिएको उद्धारकर्ताहरुको भनाइ छ । उनीहरु उद्धारको पर्खाइमा छन् ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






