विपक्षी दलको विरोधका कारण राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ । बुधवार बैठक सुरु हुने बित्तिकै कुलमान घिसिङलाई पदबाट हटाइएको भन्दै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माओवादी सांसद गोपी बहादुर सार्की अछामीलाई बोल्न समय दिए । उनले अन्धकारमा बसेका नेपालीलाई उज्यालो दिने कुशल कर्मचारी कुलमान घिसिङलाई स्वार्थका आधारमा हटाइएको भन्दै आपत्ति जनाए कारको क्रियाकलापले परिवर्तनलाई पछि फर्काउने शक्तिलाई बल पुगेको उनले बताए ।
उनले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सरकारको जवाफ नआएसम्म बैठक चल्न नसक्ने बताए । सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष दाहालले सहज रूपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए । तर सांसदहरूले उठेर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






