सत्तापक्षीय दलहरुले भूमिसम्बन्धी अध्यादेशका विषयमा छलफल गर्दै सो सम्बन्धमा नयाँ विधेयक मस्यौदा तयारी गरी संसद्मा लैजाने तयारी गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटरमा आज बसेको सत्तापक्षीय दलका शीर्ष नेताको बैठकमा सो अध्यादेशका सम्बन्धमा रहेका जनता सामाजवादी पार्टी नेपालका चासोलाई सम्बोधन गरेर अघि बढ्ने बारेमा छलफल भएको थियो ।
बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भूमिसम्बन्धी अध्यादेशका सम्बन्धमा नयाँ विधेयक मस्यौदा अघि बढाउने बारेमा निष्र्कष निकालेको बताए । उनले भने, “जसपा नेपालका भूमिसम्बन्धी अध्यादेशका विषयमा केही चासो थिए । त्यो कुरालाई बैठकमा प्रधानमन्त्री ज्यूले स्पष्ट पारे । त्यही स्पष्टताका साथ विधेयकमा व्यवस्था गर्ने कुरा भयो । लगभग सहमतिको चरणमा पुगेका छौँ ।”
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित रहेको थियो ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






