चौसट्ठी ज्योतिर्लिँगको अर्को यात्रा: कश्यपेश्वरदेखि ज्योतिर्लिँगेश्वर सम्म

कश्यपेश्वर शिव
चौसट्ठी ज्योतिर्लिँगको दर्शनका क्रममा विश्व हिन्दु महासंघ काठमाडौँको हाम्रो यात्रा यही चैत्र २ गते शनिबार काभ्रेक्षेत्रको कश्यपेश्वर शिव क्षेत्रमा भएको हो । काठमाडौँबाट साँखु नगरकोट हुँदै ५० कि मि यात्रा तय गर्दै हामी काभ्रेको मण्डनपुर पुगेका थियौँ । ६४ ज्योतिर्लिँग आदिम स्थल सिन्धुलीको कुशेश्वर मानिएको छ, यो शिव लिँग चौथो हो । अघि ने मुनिले विरुपाक्षलाई यहाँ दर्शन गराइएको समय माघकृष्ण तृतीया थियो ।
ककुद पर्वतको जंगलमा रहेको यो क्षेत्र काफेश्वर शिवलिंगभन्दा करिव ३ योजन पश्चिममा पर्छ । गौरीकुण्ड र सरस्वती कुण्ड समेत रहेको यो स्थान रमणीय छ । ब्रह्मा पुत्र मरीचि र कला नामकी पत्नीबाट कश्यपको उदय भएको हो । उनले तप गरी एक शिला स्थापना गरी ज्उयेष्ठकृष्ण अष्टमीका दिन शिवजीको मूल मन्त्र जपेर ध्यानस्थ भएका कश्यपलाई शिवजीले दर्शन दिएर कश्यपबाटै स्थापित यो ज्योतिर्लिँग कश्यपेश्वर भएको हो । शिवकृपा वरदानबाटै कश्यपले सृष्टिको आशीर्वाद पएका थिए । कश्यपको दक्षपुत्रिहरु अदिति, दिति, कद्रु आदि १३ कन्याहरुसंग बिबाह भयो । अदितिबाट सूर्य, चन्द्र, इन्द्र आदि देवगण भए भने दितिबाट हिरण्यकशिपु आदि र दनुका गर्भबाट दानवहरु जन्मे । मनुबाट मनुष्य भए भने कद्रुबाट शेषनाग आदि भए । शिव कृपाबाटै कश्यपबाट वनस्पति लगायत अनाज, जौ, तिल, फलपूmलहरुको उदय भयो । सम्पूणृमा सृष् िशक्तिि र पापमोचनको क्षमता भएको सो कश्यपेश्वरमा हाल विशाल मन्दिर रहेको छ ।

स्फटिकेश्वर शिव
कश्यपेश्वरको दर्शन, पूजा यथामति रुद्राभिषेक पाठ पछि हाम्रो समूह केही उत्तर, स्फटिकेवर शिवक्षेत्रमा पुगेको थियो । सिन्धुपाल्चोक क्षेत्रको फटकशिला नजिकै पर्ने सो क्षेत्रमा गोलाकार उच्च शिलास्वरुप शिवलिंग रहेको छ । सहज दर्शनका लागि वि सं १८०० तिर पक्की ढुँगाको छानो सहितको एक ढोका रहेको शिखर शैलिको मन्दिर बनाइएको र त्यसभित्र शिवलिँग स्थापना गरिएको छ, धर्मशाला राम्रो छ, जहाँ हामीले शिवको पूजा, रुद्राभिषेक पछि भजन, किर्तन गरेका हौँ । कैलाश दक्षिणतिर गोपदेश्वर शिवलिंग छ भने उत्तरतिर इन्द्रावती नदी र चन्द्रकान्ती नदी बगेका छन् । संख्यामा पाँचौँमा पर्ने यो शिवलिँगको विरुपाक्षलाई ने मुनिले दर्शन गराइएको समय भनेको माघकृष्ण चतुर्दशी हो । स्कन्द पुराण हिमवत्खण्ड ९३ अध्यायअनुसार काकन्द पर्वंतका नजिकै हिमश्रवा र चन्द्रकान्ती नदी संगममा यो क्षेत्र रहेको छ, कुरुपलाई पनि राम्रो रुप दिलाउने यसको विशेषता हो । देवेन्द्र एक दिन हात्तीमा सवार हुँदै जुगल हिमालको भ्रमण गर्दा कामधेनु गाईले दूध चढाइएको दूधकुण्ड ढुपेश्वरको दर्शन गरी पाँचपोखरी गएका र सबै कामको सिद्ध होस् भन्दै शिवकृपाबाट उनलाई सिद्धेश्वर शिवलिँग स्थापना गर्न पैरित भएको र इन्द्रले यिनै शिवको पूजा गर्दा ऐरावत हात्तीले मद बगाई हात्तीकै नामबाट ऐरावती जसलाई हिमश्रवा भनियो नदी स्थापित भइन् । यी नदीसंगै पश्चिमबाट बग्दै आएकी महिन्द्रावती नदी छिन्, यी दुई नदीका सगममा इन्द्रेश्वर शिवजी छन् । एक कोस जति दक्षिणमा चन्द्रकान्ति गुफाबाट बग्दै आएकी चन्द्रकान्ती नदी र ऐरावती संगममा कान्तितीर्थ रहेको छ ।

ब्रह्माजीले कान्तितीर्थमा आएर शिवको तप गरेकाले स्फटिक जस्तो श्वेत कान्ति देह भई यहाँका शिवजीको नाम नै स्फटिकेश्वरका रुपमा रह्यो । अघि चन्द्रमा लाई म राम्रो भन्ने घमण्ड हुँदा र दक्षपुत्री चन्द्रपत्नीहरुमा भेदभाव गरेकाले दक्ष रिसाई चन्द्रमालाई कुरुप हुने श्राप गर्दा श्रापमोचनका लागि यहाँ तप गरेको र चन्द्रमाको रुप स्फटिकभैmँ पुन: राम्रो भएकाले यहाँको शिवलिँगको महत्व थप भएको हो ।

नारायणेश्वर शिव
स्फटिकेश्वर शिव दर्शनपछि हाम्रो समुह साँखु पूर्वको लप्सेफेदी पुगेको हो । मूलबाटो उत्तरतिर करिव १० मिनेट पैदल यात्रापछि त्यहाँ पुग्न सकिन्छ जहाँ नारायण नदी बगेकी छन् । स्वयं नारायणले तप गरी शिवलिंग स्थापना गरेकाले यहाँको नाम नाराणेश्वर भयो । खोलाको बीच भागमै शिव लिंग रहेको छ, प्राचीन नाम महादेवझुला हो । वर्तमानमा यो नदी घट्टे खोलाले बढी परिचित छ, यसैलाई अलिक तल आएपछि शालिनदी भनिन्छ जहाँ श्रीस्वस्थानीको विशेष चर्चा हुन्छ । नदीमा पूर्व फर्केको विशाल शिला देखिन्छ भने नारायणको मूर्ति दक्षिणमा ठूलो दह पनि छ, जसलाई पार्वती कुण्ड भनिन्छ । नारायणेश्वर शिवलिंग पोखरीमै भएकाले हाल अलिक माथितिर अर्को मन्दिर बनाएर शिव लिंग राखिएको छ । गन्धमादन पर्वतको फेदी हो यो । पापको विनाश रोगको भय दूर गर्ने शिवका रुपमा चिनिएको छ यो क्षेत्र । ने मुनिले विरुपाक्षलाई दर्शन गराइएको समय भने वैशाखशुक्ल पन्चमी थियो ।

योगेश्वर शिव
नारायणेश्वर शिवको दर्शन पूजापछि लगत्तै हाम्रो समुह बज्रयोगिनी मन्दिर परिसर, मन्दिर पूर्वतिर रहेका योगेश्वर शिवको दर्शनका क्रममा त्यहाँ पुग्यौँ । बसबाट बज्रयोगिनी माथिको भागसम्म जाने सुविधा छ अहिले जहाँबाट मणिचूड पुगिन्छ । दुईतले सुनको गजुर सहित मन्दिरभित्र रहेका ज्योतिर्लिँग बाहिरबाट देखिँदैन, पश्चिम फर्केको ढोका छ जहाँबाट योगेश्वर शिवलिँगलाई वर्तमानमा तामाको मुकुटमा बुद्धमार्गीहरुले बुट्टा सिँगारेर ढाकेको भाग दर्शन गर्न सकिन्छ । ने मुनिले विरुपाक्षलाई दर्शन गराइएको व्रत पारायणको समय भाद्रशुक्ल अष्टमी रहेको थियो । मणितीर्थ भनिने यो क्षेत्रमा स्नान गरी ब्रह्मा, विष्णुले संयुक्त रुपमा शिव ध्यान गरेकाले यहाँको शिवको नाम योगेश्वर रहेको हो । यसै मणिपर्वतमा ७ जना ब्राह्मणहरु आएर योगस्थ भए, खुसी भएकी योगिनी माताले तिमीहरु सातै जना सप्तर्षि हुन सके भनी वरदान दिइन् । अब ती सप्तर्षि ताराको रुपमा आकाशमा रहने भए ।

ज्योतिर्लिँगेश्वर
योगेश्वर शिवको दर्शनपछि हाम्रो समुह साँखु सहर उत्तर, ढोका बाहिर रहेको ज्योतिलिँगेश्वर शिवको दर्शन खातिर पुग्यो । ठूलो मन्दिर छ त्यहाँ । पूर्वतिर शालिनदीक्षेत्र र मन्दिरको तीनतिर सडक छ, वैशाख पूर्णिमामा विशेष मेला लाग्छ यहाँ । यहाँको क्षेत्र कामधेनु पर्वत हो र रत्नावती नदीको पश्चिम हो यो, मणिमतीको संगम । वैशाखकृष्ण पन्चमीमा विरुपाक्षलाई दर्शन गराइएको हो यहाँ । सनातन कुमारले तप गरी शिवजीको ज्योतिर्लिँग स्थापना भएको हो । सनातन कुमारले ज्योतिस्वरुप शिवको दर्शन पाएकाले यहाँको नाम ज्योतिर्लिँगेश्वर हुन गयो । क्रम संख्यामा यो ३४ औँ पर्छ ।