काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको राप्रपा नेता राजाराम श्रेष्ठले जानकारी दिनु भयो ।
बोहोरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुनुहुन्छ । पोस्ट कोभिड समस्याले गर्दा उहाँ अहिले बोल्न नसक्ने अवस्थामा हुनु हुन्थ्यो । उहाँ कोरोना महामारीको दोस्रो लहर मा संक्रमित हुनुभएको थियो । संक्रमणको चार÷पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुग्नु भएका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए ।
पोस्ट कोभिडका कारण उहाँको घाँटीमा क्यान्सर भएको थियो । उहाँ चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा हुनु हुन्थ्यो । संसदमा पनि उहाँ बोल्नु भएन ।

















