बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । मंगलबार घटेर बन्द भएको नेप्से आज भने पुन बढेको छ । आज एकै दिन नेप्से २५.३१ अंकले बढेको छ ।
आज नेप्से ०.९४ प्रतिशतले बढेर २७०१.४८ विन्दुमा पुगेको छ । आज दिनभरमा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर कारोबार भएको छ ।
आज बजार अवधिभर १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।
आज बजार अवधिभर ३१८ वटा कम्पनीको ५३ हजार ८८४ पटक किनबेच भएको छ ।



















