कुलमान र हितेन्द्रको रिटमा तेस्रो दिनको सुनुवाइ जारी

हेर्दाहेदैमा राखिएको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि आज पनि सुनुवाइ जारी छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयकोे इजलासमा दुवैका रिटमाथि सुनुवाइ भइरहेको छ । आजको सुनुवाइको तेस्रो दिन हो ।

उनीहरूको इजलासमा आजको इजलासमा यी दुई बाहेकका कुनै रिटको सुनुवाइ राखिएको छैन ।

घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए ।

सो रिटमा कुनै निर्णय नभई चार वर्ष बितेपछि उनले हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै अर्को रिट दायर गरेका हुन् ।