दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् ।

प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । खड्कालाई पनि प्रसाईंसँगै काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने प्रहरी उच्च स्रोतले जानकारी दियो ।

 

‘उहाँहरु दुवै जनासँगै फेला पर्नुभएको थियो । दुबै जनालाई काठमाडौं ल्याउने तयारी हुँदैछ’ प्रहरी उच्च स्रोतले भन्यो ।