पछिल्लो केही समय देखि नेपालमा राजतन्त्र पुन:स्थापनाको मुद्दा उठाउदै गरिएको आन्दोलन विशेष चर्चामा छ । खास गरि चैत्र १५ गते तेस्रो जनआन्दोलनको घोषण गर्ने भन्दै काठमाडौको तिनकुनेमा आयोजना गरिएको सभा ,त्यसमा भएको सरकारी हस्तक्षेप र आन्द्योनरत पक्षबाट भएको तोडफोड रआगजनि देश भित्रमात्र होईन देशबाहिर समेत चर्चाको विषय बन्यो ।
नेपालमा राजतन्त्र पुनस्थापनाको सम्भावना छ कि छैन त्यो भिन्दै बहसको विषय छ । त्यस्तै राजतन्त्र पुनस्थापनाको माग संविधान सम्मत हो कि होईन त्यो समेत बहस सुरु भएको छ । यी विषय छुट्टै बहसका विषय छन । यो लेखमा चर्चा गर्न खोजीएको विषय चाहि राजावादी आन्दोलनमा नेतृत्वको संकट बारे हो । किनकि नेता भनेको कुनै पनि आन्दोलनको आत्मा जस्तै हुन्। आन्दोलन सफल वा असफल हुनुमा नेताको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। किनकि नेताहरूले आन्दोलनको उद्देश्य स्पष्ट रुपमा जनसमक्ष राख्ने काम गर्छन्। उनीहरूले जनतालाई संगठित गर्दै आन्दोलनमा सहभागी गराउने गर्दछन्। नेताले आन्दोलनको मार्गदर्शन गर्ने रणनीति निर्माण गर्ने वार्ता वा संर्घष के गर्नै भन्ने तय गर्दछन ।
नेपालको राजनीतिक इतिहास हेर्दा पनि नेताहरूको योगदान उल्लेखनीय देखिन्छ। राणा शासनको अन्त्यदेखि प्रजातन्त्रको स्थापनासम्म र त्यसपछि गणतन्त्र स्थापनासम्मका आन्दोलनहरूमा नेताहरूले अग्रणी भूमिका निर्वाह गरेका छन्। बी.पी. कोईराला, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ, गिरीजा प्रसाद कोईराला, गण्ोमान सिंह होउन वा भारतामा सुभाषचन्द्र बोस, महात्मा गान्धीले जस्ता नेताको महत्व पुर्ण भुमिका छ । २०५२पछिको जनयुद्दमा पनि प्रचण्ड , बाबुराम भट्राईको नेतृत्व महत्वपुर्ण छ ।
राजनीतिक आन्दोलन भनेको शासन प्रणाली, नीतिहरू वा सरकारप्रति असन्तुष्टि जनाउँदै परिवर्तनको माग गर्ने जनआन्दोलन हो । यस्तो आन्दोलन सफल हुन नेताहरूको कुटनीतिक क्षमता ,बुद्धि, संगठित नेतृत्व र जनतासँगको विश्वास आवश्यक हुन्छ। तर राजावादी संग यस्ता नेता छन त ? अहिले प्रश्न खडा भएको छ । अलि विचार र संस्कार भएका केशर बहादुरहरुको नेतृत्वमा नामै छैन । बैंकको ऋण तिर्न बाँकि भएका दुर्गा प्रसाईले कसरी राजावादी आन्दोलनको नेर्तत्व गर्न सक्छन प्रश्न खडा भएको छ । राजेन्द्र लिङदेन ,कमल थापा आफै चुनावमा कम्युनिष्ट एमालेको भोटले सांसद बनेका छन। उनीहरुले आत्मैबाट कसरी राजाको निम्ती काम गर्दछन ? बिक्रम पाण्डे जसउपर अख्तियारमा मुद्दा छन,अरबौका ठेक्का छन उनले चाहिने भन्दा बढी जोखिम किन मोल्छन ?जगमान गरुङ आफै सबै दलबाट नियुत्ति खादै हिडेका व्यक्तिले कसरी राजा ल्याउछन ?
यी यावत प्रश्नका बिच नवराज सुबेदीर दुर्गा प्रसाईलानै नेता मान्ने हो भने पनि उनीहरु अब सरकारी नियन्त्रणमा छन सडक आन्दोलनको नेतृत्व गर्न सक्ने अवस्था छैन। कमाण्डर तोकिएका दुर्गा प्रसाई प्रहरी हिरासतमा छन । दुर्गा प्रसाई आफैले भनेका थिए , पेरुमा गोन्जालो समातिए पति साईनिङ पाथ सकिए जस्तै म भईन भने राजावादी आन्दोलन नेतृत्व बिहिन हुन्छ ।प्रसाईकै कुरा मान्ने हो भने पनि अबराजावादी आन्दोलन नेतृत्व बिहिन छ ।
हो अहिलको सरकारले मा होईन बिगतका सरकारले पनि शुशासनका दिन सकेको छैन । जसका कारण सरकार प्रति र दल प्रति जनताको विश्वास कमजोर भएको छ । यही मौका छोपेर राजावादीले विरोध सुरु गरेको देखिन्छ ।गणतन्त्र ,संघियता र धर्मनिरपेक्षताका पक्षधर शक्तिहरु जति–जति कमजोर हुँदै जान्छन्, त्यति नै राजावादी बलियो हुने सम्भावना हुन्छ ।नेपालका राजावादीहरुले मूलत संबैधानिक राजतन्त्र , हिन्दु राष्ट्रको र,संघीय शासन प्रणालीको विरुद्धमा एकात्मक प्रणालीको पक्षमा वकालत गर्छन् । त्यसेले राजावादीहरुको आन्दोलन गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरुद्ध केन्द्रित छ् । एउटा प्रश्न जनताको असन्तुष्टीि ब्यवस्था प्रति हो कि अवस्था प्रति भन्ने छदैछ ।
नयाँ संविधान बन्ने प्रक्रियामा नेपालका उत्पीडित वर्ग र समुदायमा जुन उत्साह पैदा भएको थियो, संविधान बने पछि त्यो उत्साहले निरन्तरता पाउन सकेको छैनै । उनीहरूले आफुहरुका मुद्दाहरूलाई संविधानमा पाखा लगाउने काम गरियो भनेका छन । त्यस पछिका सरकारले आम जनताको जीवनमा राहत दिने काम गर्न सकेनन छैनन, भ्रष्टाचार, कमिसनखोरी, नातावाद बढ्ेको छ । यस स्थितिमा आम जनतामा निराशा र आक्रोश जाग्नु स्वाभाविक हो । निरासा छ तर यसको मत्लव गणतन्त्र ,संघियता र धर्मनिरपेक्षताको विरोध हो भन्ने निष्कर्ष गलत हुन सक्छन ।
अर्काे कुरा माथि भने जस्तै हरेक आन्दोलनका पछाडि एउटा संगठित शक्ति हुनैपर्छ र आन्दोलनमा एउटा भरपर्दाे नेतृत्वको टिम हुनैपर्छ । तब मात्रै आन्दोलनले राजनीतिक आन्दोलनको आकार लिन सक्छ । तर, अहिले आन्दोलन थालेका राजावादीहरुसँग सर्वस्वीकार्य नेता छैनन । नत एउटै पार्टी छ । राप्रपा पार्टी त छ, तर सडकमा दर्जन भन्दा बढी राजावादीहरु समुह छन । उनीहरु एकले अर्काेलाई अवसरवादी भनि रहेका छन् । एकले अर्कोलाई स्वीकार्ने स्थिति छैन । हरेक प्रदर्शनमा छोटेराजाको बिगबिगी छ ।
यो अवस्थामा राजावादीहरुसँग नेतृत्वको चरम संकट देखिन्छ । सर्वस्वीकार्य एवं भरपर्दाे नेतृत्वको अभावका कारण राजावादीहरुको सडक आन्दोलन चर्चा गरे जस्तो उठ्ने गाहे छ केही दिन चलेपनि कुसल र जनताले विश्वास गर्ने अन्तराष्ट्रिय समुदायले विश्वास गर्ने नेताको कमिका कारण सफलतामा पुगेर टुग्ने झनै सम्भावना छैन ।



















