राप्रपाका सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राती हाजिरी जमानीमा छोडेको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको एसएसपी अधिकारीले बताए ।
उनले भने, ‘ उनको मुखमा क्यान्सर भएकाले उपचारका लागि भनेर हाजिर जमानीमा श्रीमतीको जिम्मामा छाडैका हौं।’