तपाईंहरुको पार्टी नेसपा नयाँशक्तिका अध्यक्ष डा बाबुराम भटट्राई सहितका नेताहरुको नेतृत्वमा स्थापित गणतन्त्र ठिक भएन राजसंस्था चाहियो भनेर अहिले आन्दोलन भईरहेको छ, यसलाई कसरी लिनुभएको छ?
अवश्य पनि यहाँले प्रश्न गर्नुभए जस्तै ठुलो संघर्ष पछि देशमा गणतन्त्र भन्दा पनि अझ अगाडी बढेर लोकतान्त्रिक व्यवस्था ूस्थापना गरियो । जुन व्यवस्थमा गणतन्त्र , संघियता र धर्मनिरपेक्षता जस्ता विषय समावेश गरिएको छ । हामी देशलाई यो भन्दा पनि अझ अग्रगमनमा लान चाहन्छ। तर केही राजनितिज्ञले आफ्नो फाईदाको निम्ती देशलाई पश्चगमनमा लैजाने कुरा गरिरहनुभएको छ । यो पुरानो सत्ता जाँदा विचलित अवस्थामा रहेका व्यक्ति र शक्तिले गरेको कुरा हो । यो राजनीतिलाई यथास्थीमा राखेर आफ्नो फाई लिन चाहनेहरुको दिवा सपना मात्र हो । यो अग्रगामी चेतना नभई पश्चगामी चेतना हो । हुन त कुनै पनि व्यवस्था आफैमा नराम्रो हुदैन तै पनि लोकतान्त्रिक व्यवस्था भन्दा राम्रो व्यवस्था अरु छैन । लोकतन्त्र भएकै कारण उहाँहरुले यस्तो अनावश्य कुरा गर्न समेत छुट पाउनुभएको छ । यस्तो राम्रो व्यवस्थाको विरोध गर्नु उहाँहरुको चेतनाको कमि हो । अहिले राजा र राजसंस्था फर्काउने भन्ने कुरा दुईवटा कुराले सम्मभव छैन । पहिलो त जसलाई उहाँहरुले राजा बनाउछौ भनेर कराई रहनुभएको छ ,उहाँ राजसंस्थाको परंम्परा अनुसार पनि राजा हुने व्यक्ति होईन किनकि राजसंस्थाको परंम्परा अनुसार राजा बन्न राजाकै जेठो छोरा हुनु पर्दछ । उहाँ त जेठो छोरा होईन । राजा हुनेको छोरी सहित सम्पर्ण वंश नै नास भयो । त्यस पछि उहाँ राजा बन्नु भएको हो । अर्काे तर्फ संघर्षबाट राजन्त्र अन्त्य भएको हो । केही झुण्डले हो हल्ला गर्दैमा राजसंस्था फर्कने अवस्था छैन । यो संविधान त सम्भव पनि छैन । पुर्वराजालाई राजनीति गर्न मन लागे विगत पनि भन्ने गर्थे श्रीपेज फुकालेर आउ । अब पनि पार्टी खोलेर चुनाब जितेर आउन बाटो खुल्ला छ । लोकतन्त्र मात्र त्यस्तो व्यवस्था हो जहाँ राज संस्था चाहिन्छ भन्नेले पनि यहि ऐजेण्डा बोकेर राजनीति गर्न पाउँछन । राजतन्त्रमा गणतन्त्र माग्ने छुट हुदैन तर गणतन्त्रमा राजतन्त्र चाहियो भनेर भन्न छुट हुन्छ ।त्यसकै फाईदा लिएर केही झुण्डले हल्ला गरेका हुन ।
यहाँले केही झुण्डले राजसंस्था फर्काउने माग गरेको बताए पनि असन्तुिष्ट त आम जनतामा पनि छ नि ?
अवस्य पनि यहाँले प्रश्न गर्नुभए जस्तै जनतामा असन्तुष्टी छ । जनताको चाहना मुलुकमा शान्ति, विकास, उन्नती, प्रगति होस भन्ने हो । तर लोकतन्त्र स्थास्थापना भए पछि सरकार चलाउने दल र दलका नेताहरू भ्रष्ट्राचारको दलदलमा भासिए, सुशासन दिन सकेनन । अहिले जनताको असन्तुष्टि यसमै हो । आफूलाई लोकतन्त्रवादी शक्ति भन्नेले जसरी जनतालाई डेलिभरी दिनुपर्ने त्यो दिएनन, त्यसकै असन्तुष्टि अहिले देखिएको छ । संघिय गणतन्त्रात्मक व्यवस्था प्रति होईन । शासन चलाउनेमा देशको चिन्ता भएन, जनताको चिन्ता भएन भन्ने हो, देश जोगाउनु पर्छ र बनाउनुपर्छ भन्ने हो न कि अहिलेको व्यवस्था ठिक भएन भन्ने । जनताले भनाई अवस्था बदल्न पर्छ भन्ने हो व्यवस्था बदल्न पर्छ भन्ने होईन । अहिले देशमा अग्रगमन र संमृद्धी चाहिएको छ । राजा चाहियो भन्ने पश्चगामी सोच समयको वरवादी मात्र हो ।
यहाँले अग्रगमन र संमृदीको निम्ती लाग्नु पर्ने बताए पनि आफूलाई ठूला भन्ने कांग्रेस एमाले माओावादीका नेताले त जो सँग गठबन्धन गरेर हुन्छ सरकारमा जाने अनि देशको निम्ती भन्दा आफ्नो पार्टी , परिवार आफन्तलाई भन्दा अरु जनताको काम गर्दैनन त ?
अहिले कांग्रेस एमाले माओवादीका नेताले जे गरिरहनु भएको छ यसलाई मैले राजनीति भन्दिन । मेरो बुझाई राजनीतिमा इमान्दारीता चाहिन्छ । म विश्वका धेरै देश घुमेको छु । चाहे ति युरोप अमेरिका होउन वा दाक्षिण अफ्रिकि देश जुन देशमा राजनीतिक नेतृत्व इमान्दार छ त्यहाँ विकास भएको छ । तपाई विदेशमा हेर्नु हुन्छ भने करिब ३ वर्ष अघि डेनमार्कको राज्यप्रमुखले एक छाक खान सरकारको ढुकुटीबाट खानु भयो समचारमा आयो । त्यस पछि उहाँलाई सार्वजनिक स्थानमा माफि माग्न लगाई खानाको पैसा तिर्न लगाई डण्डित गरियो । विश्वमा यस्तो छ तर नेपालमा त राजनीतिलाई कमाउने भाँडो बनाइयो। यहाँ पेसा गर्ने उद्योग व्यवसाय गर्नेको भन्दा बढि कमाई राजनीति गर्नेको छ। यहाँ राजनीतिलाई पेसा बनाइयो जुन हुनु हुने थिएन । हाम्रो पार्टी नेसपा नयाँ शाक्तिले राजनीतिलाई कमाउने पेसा होइन स्वयमसेवी र राष्ट्रप्रति सर्मपित बनाउन चाहन्छ, यो हाम्रो अरुको भन्दा फारक कुरा छ ।
पुराना पार्टीले बदलिदो परिस्थीतिमा काम गर्न सक्दैनन भन्दै डा वावुराम भट्टराइले नयाँ शक्ति पार्टी गठन गर्नु भएको पनि १० वर्ष भयो तर उहाँले पनि सोचे जस्तो काम गर्न सकेको त देखिएन नि? कहाँ चुक्नुभयो?
नेपालका राजनीतिज्ञमा नियत मै खोट रहेको छ । स्थानिय स्तरका कार्यकर्ता इमान्दार भए पनि माथिल्लो पदमा गए पछि वदनियत पूर्ण गतिविधि गर्न थाल्छ । डा बाबुराम भट्टराईको जुन दुरदर्शी राजनीति थियो, स्पष्ट भिजन र इमान्दारीता थियो । यो मुख्य राजनीतिक दलहरुका कृयाकलापका कारण पिल्सियो । जस्तो पछिल्लो चुनावकै कुरा गर्नुहुन्छ भने डा वावुराम भट्टराईले प्रचण्डलाई गोर्खाको आफ्नो चुनावीे क्षेत्र छाड्नुभयो । प्रचण्ड त्याहाँबाट विजयी पनि हुनुभयो । प्रचण्ड प्रधानमन्त्री पनि हुनुभयो । त्यस बेला डा बाबुराम भट्टराईले एउटा विकास प्राधिकरण गठन गररे मलाई जिम्मा दिनुस् म विकास गर्दछु भन्नु भयो, तर प्रचण्डले त्यो पनि गर्नु भएन । प्रचण्ड पहिला कांग्रेससँग मिलेर चुनाव लड्नुभयो तर पछि एमालेसँग मिलेर सरकार बनाउनु भयो। यस्तो बैमानी पुर्ण राजनीति गर्ने ठाँउमा वाबुरामको भिजीनरी सोच र इमान्दारीतालाई माथि उठ्न दिएनन् ।
यहांहरूले अरुले गर्न दिएन, बैमान र स्वार्थीहरुले पार्टी छाडे भनरे दोष अरुलाई दिन हुन्छ. आन्तरीक कमी कमजोरी प्रमुख पक्ष होला नि त यसको समिक्षा गर्नु हुन्न ?
जनताले हाम्रो पार्टीलाई तपाईहरु विभिन्न पार्टीमा डुली रहनुभयो स्थापित र स्थिर हुनुभएन भन्ने गरेका छन तर हामीले मधेश, जनजातिहरु नेतृत्वमा जानु पर्दछ भनेर मधेश केन्द्रित पार्टी , जनजाति पार्टीसँग एकता गर्याे। उहाँहरुलाई अगाडी बढाउन हामीले त्यसो गरेको थियो। तर उहाँहरूमा पनि पुराना दलमा जस्तै सरकारमा जाने राज्यको दोहन गर्ने प्रकृति देखियो । हामीले उहाँहरुलाई रुपान्तरण गर्न सकेनौ । हामीले गल्ति गरेका होईनौ । रुपान्तरणको निम्ती प्रयास गरेका थियो । त्यो प्रयास सफल भएन । अहिले त एउटा बच्चा जन्मीदै ९० हजार ऋण लिएर जन्मन्छ । विदेशी ऋण लिएर विकास गर्ने कर्मचारीलाई तलब खुवाउने सम्म त ठिकै हो । यहाँ त नेताहरुले विदेशबाट ऋण लिएर भ्रष्टचार गर्दछन । ऋण जापान अमेरीकाले पनि लिएका छन् तर उनीहरुले ऋण विकास निमार्णमा खर्च गर्दछन् । यहाँ त भ्रष्टचार गर्न खर्च गरे ।
केहि महिना आघी सम्मपन्न महाधिवेशन पछि यहाँहरुले अब नयाँ तरिकाले अगाडी बढ्छौं भन्नु भएको छ । महाधिवेशनमा के के नयाँ कुरा गर्नुभयो र नयाँ तरिकाले अगाडि बढ्नुहुन्छ ?
अन्य पार्टीहरुसगँ एकता गरेर हामीले रुपान्तरको निम्ती जुन प्रयास गर्याे त्यसो गर्दा हाम्रो विचार सहित भन्यो तर हाम्रा प्रयास सोचे जसरी सफल भएनन । हाम्रा प्रयास र प्रयोगहरू सफल नभए पछि अब हामीले हाम्रो आफ्नै पार्टी र विचार मजवुत बनाउनुपर्छ भनेर निर्णय गरेका छौ । अब अरु हाम्रो विचार मानेर आउछन भने स्वागत गर्ने तर अरु पार्टीमा गएर मिसीने मिसाउने काम नगर्ने प्रतिवद्धता सहित महाधिवेशनले गयौ ।महाधिवेशन भव्य रुपमा सफल भयो । माधिवेशनले पहिलो औद्योगिक क्रन्ति देखि चौथो औद्योगिक क्रान्ति सम्म आई पुग्दा विचार संगठन कार्यशैली के कस्तो हुनु पर्छ भन्ने प्रष्ट बनाएका छौं । अहिले राजनीतिलाई आय आर्जनको माध्यम बनाउने जुन गरिएको छ यसको अन्त्य गरी राजनीति स्वऐच्छिक र स्वयमसेवी हुनुपर्छ भन्ने पनि प्रष्ट पारेका छौं ।
पार्टीको महाधिवेशनमा यहाँ निर्वाचन आयोगको अध्यक्ष हुनुहुन्थ्यो । यहाँहरुले हामीले निर्वाचनमा नयाँ अभ्यास गर्यो भन्नुहुन्छ नयाँ अभयास भनेको के हो?
हो हामीले नयाँ खालको प्रयोग व्यवहार मै गर्यो । भावि दिनमा अग्रगमन र रुपान्तरणका लागि यो सबैलाई काम लाग्दछ । जस्तो हामीले ४० वर्ष मुनिका युवालाई स्थानिय स्तरमा ४० प्रतिशत प्रदेशमा ३० प्रतिशत र केन्द्रमा २० प्रतिशत प्रतिनिधित्व गराउने भनेका थियौ । महाधिवेशन यो व्यवहार नै प्रयोग गर्यो । यसै गरी पुर्ण समानुपातिक र प्रत्यक्ष निर्वाचित हुने कुरा पनि व्यवहार मै अभ्यास गर्यौं । समानुपातिकमा आफ्नै क्लस्टर विच प्रतिस्पर्धा गरेर हरे चुनीने गरी सबै समेट्यो । नेपाली समाजको अवस्था प्रतिविम्वीत हुने गरि नेतृत्व चयन गर्याे । समानुपातिक समावेशी पद्धतिको व्यवहारिक अभ्यास गर्ने हाम्रो पार्टी पहिलो हो। यसै गरी विदेशमा बस्नेलाई अनलाई भोटीङ प्रणलीबाट भोट दिन पाउने व्यवस्था गर्यौ । यसले देशले भावि दिनमा अपनाउने निर्वाचन प्रणाली सुधार गर्न पनि सहयोग पुग्ने छ किनकि अहिले हामीले देशमा अपनाएको निर्वाचन प्रणाली अति खर्चिलो र भड्किलो छ । किनवेच गर्ने खालको छ । यो प्रणाली बदल्न हामीले गरेको अभ्यासबाट पनि शिक्षा लिन सक्ने ठाँउ छ । त्यसै गरी नो भोटको प्रयोग गर्यौ ।
नयाँ प्रयोग र अभ्यास कति सहज भयो ?
राजनीति भनेको चिन्तन र इच्छा शक्ति हो । जब कुनै प्रणाली वा थिति बसाउँदा कसरी सहज र वैज्ञानिक बनाउने भनेर चिन्तन गरिन्छ तब उपाए आउँछ । । हामीले चिन्तन गर्यो निर्वाचन गर्नु अघि डमी निर्वाचन पनि गर्यो । हामीले यो सबै तयारी गरेकोले माहधिवेशनमा अभ्यास गर्दा पनि सहजै महसुस भयो । हाम्रो केन्द्रिय समितिको निर्वाचनमा २ वटा मत पत्र मात्र बदर भए , यसबाट पनि यो अभ्यास सहज भयो भन्ने देखाउछ ।
कतिपयको टिप्पणी त जो जोलाई नेतृत्वले चाहन्थे उनीहरु निर्विरोध भए बाँकिमा प्रतिस्पर्धा गरेको देखाए पनि भन्छन ?
त्यस्तो होइन, बुझ्ने व्यक्तिले त्यसोे भन्नुहुन्न हो कतिपय निर्वाचित हुनुपर्ने साथीहरु निर्वाचित हुन सक्नुभएन ।चुनाव भनेकै यस्तै हो कसले हार्दछ कसले जित्दछ भन्ने पहिले नै थाहा हुन्न । हामीले अग्रगामी निर्वाचन प्रणालीत स्वच्छ प्रतिस्पर्धा गराएका हौ । समावेसीलाई आधार मानेर निर्वाचन गर्यौ । यदि धाधली भएको भए त पार्टीलाई चाहिनेलाई जिताउने थियौ । कतिपय साथीहरु टाढै बसेर पनि निर्वाचन जित्नुआयो । पर्टीमा खासै नदेखिने साथीले पनि चुनाव जित्नभयो । धाधलि भएको भए त देखिनेले जित्ने नदेखिनेले हार्नु पर्ने । निस्पक्ष भएकै कारणले जसले जिल्नु पर्ने नजिती नजिते पनि हुनेले जिते । यो पनि निर्वाचन निश्पक्ष भएको प्रमाण हो ।
भावि दिनका कसरी अगाडी वढनुहुन्छ ? अहिले एकातर्फ समाजवादी मोर्चा छ अर्कोतर्फ राजावादी मोर्चा छ वैकल्पिक शीक्तको मोर्चा बनाउनुहुन्न?
मोर्चा सम्म वन्न सम्भव छ,मोर्चा एउटा उद्देश्य सहित बन्दछ, यदि पार्टीको विचार मिल्छ भने कार्यगत एकता हुन सक्छ, हामीले आफ्नो धारणा अगाडी राखेका छौ यसलाई स्वीकारे र आउनेलाई ढोका खुल्ला राखेका छौ चाहे त्यो कार्यगत एकता होस वा मोर्चा जे भन्नुस ।
अहिले २०८२ साल लागि सक्यो सबैले मिसन २०८४ भन्छन यहाँहरुको के छ ?
हामीने महाधिवेशन पछि केन्द्र समितिको बैठक बसी विभिन्न वुदाँमा आफ्ना कार्यक्रम सार्वजनिक गरि सकेका छौ । जसमा पहिलो महाधिवेशनको भाव सम्प्रेषण छ। यो कार्यक्रम अन्र्तरगत पार्टी अध्यक्ष डाक्टर बाबुराम भट्राईले आफै विभिन्न प्रदेशमा पुगेर महाधिवेशनको भाव के हो भन्ने राखि सक्नुभएको छ । अब पार्टीका बाकी रहेको ठाँउमा महाधिवेशन गर्ने र जनजनमा पार्टी र पर्टीका विचार पुराउने हामो कार्यक्रम छ ।
रेसम चौधरीको नागरिक उम्मुक्ति पार्टी र सि. के राउत नेतृत्वको जनमत पार्टीसंग एकता हुने चर्चा थियो वास्तविकता के हो ?
एकता हुने चर्चा चर्चा मात्र हो । मधेश केन्द्रित दलको मोर्चा बनिसकेको छ त्यहाँ हामी पस्न जरुरी छैन । उहाँहरुले यसरी मिले जाउ भने अलग कुरा हामी हाम्रो तर्फबाट कार्यगत एकता वा मोर्चा वनाउने तयारीमा छैनौ । त्यो अहिले आवश्यक पनि छैन तयारी पनि छैन ।
अन्त्यमा..?
विशेष गरेर नेपालको राजनीतिमा इमान्दारीता नदेखीको कारण विना आधार विना राजनीति अभ्यास धार्मिक कुरा उठाए हिन्दु राष्ट्र भनेर, राजा ल्याउने भनेर जसरी प्रश्चगामी कुरा गरी रहेका छन । त्यो अनावश्यक कुरा हो । यो केवल समय खेर फाल्ने कार्यमात्र हो । धर्म र राजनीति अलग कुरा हुन । यी दुईको बाटा अलग छ । अर्काे कुरा धर्मले राजनीति टिकाउछ देश र भूगोल अखण्ढ बनाउछ वा धार्मिक कारणले भुगोल सुरक्षित हुन्छ भन्ने कुरा गलत हो । किनकि विश्वमा पुरै धर्म परिवर्तन भएका देश पनि छन । जस्तो स्पेन पहिले पूर्ण रूपमा मुस्लिम थियो, अहिले फङ्गलिसहरुले फङ्गलिसधर्म मान्छन । जुन क्रिश्चयन समुदाय अन्तरगत पर्दछ । धर्मले राजनीतिलाई टेवा दिन्छ भन्ने गलत हो ।
धर्म र धारणा व्यक्तिको हो । त्यो कुनै पार्टी देश वा राजनीतिको होईन । धर्ममा अल्झनु आवश्यक छैन । धर्म निरपेक्षता भनेको त राम्रो हो । कयौ देशमा धार्मिक युद्धले धेरै मानिस मरेका छन । रसियामा पहिला धेरै मानिस धर्मका कारण मरेका थिए , इजरायल पेलिस्टाईन विच अहिले पनि युद्ध चलि रहेको छ । सिरीया ईरान लगायत देशमा पनि धर्मले लडाई भएको छ । धर्मका नाममा जनतालाई पिडा दिनु गलत कार्य हो । यो व्यक्तिलाई छाडि दिने कुरा हो । विगतमा क्रिश्चियन धर्म मान्ने धेरै थिए । अहिले त नाश्तिक धेरै छन । धर्म बाँच्ने आधार होईन । यो एक आस्या मात्र हो। जनतालाई अहिले बाँच्ने आधार नै तयार भएको छैन । धार्मिक कुरामा गई अर्काको ऐच्छिक विषय वा धारणलाई यस्तो उस्तो भन्नु गलत हो । यसले राजनीतिलाई अगाडी बढाउदैन पश्चगमनमा लान्छ ।


















