भन्सार र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन सदनमा पेस

प्रतिनिधिसभा अन्तर्गतका अर्थ र कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिले आज सदनमा प्रतिवेदन प्रस्तुत गरेका छन् । अर्थसमिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन,२०८१’ पेस गरे ।

त्यस्तै कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ प्रस्तुत गरिन् ।