तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न अनुमति

एक महिनाअघि राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौँ जिल्ला अदालतले आपराधिक उपद्रव मुद्दामा अनुसन्धानका लागि सोमबार १० दिन म्याद दिएको हो । यस्तै यसअघि आइतबार रवीन्द्र मिश्रसहितका २५ जनाको भने संगठित अपराध मुद्दामा ७ दिन म्याद थप भएको थियो ।