अप्रिल २२ मा जम्मु कश्मिरको पहलगामको बैसरन उपत्यकामा पर्यटकहरूमाथि आतंककारी आक्रमणमा भयो । आक्रमणमा एक स्थानीय कश्मिरी सहित २६ जना पर्यटकको मृत्यु भएको थियो। । यो आक्रमणको आरोप भारतले पाकिस्तानमाथि लगाएको छ । तर पाकिस्तानले आरोपको खण्डन गरेको छ ।यो आक्रमणपछि भारत र पाकिस्तानबिच युद्ध हुने हो कि भन्ने आशंका बढीरहेकै बेला पहलगाम आक्रमणको १५ दिनपछि भारतीय सेनाले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ, जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियोे ।यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ ।
भारतीय समाचार माध्यमले भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ ।
भारतीय सेनाले एक्स अकाउन्टमा लेखेको छ– पाकिस्तानले फेरि एकपटक युद्धविराम सम्झौताको उल्लङ्घन गरेको छ । भारतीय सेनाले यसको उचित तरिकाले जवाफ दिइरहेको छ ।’
यसबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले लगाएका आरोपहरुको खण्डन गर्दै भारतले गरेको आक्रमणको उचित जवाफ दिने बताएका छन् । शरीफले पाँच स्थानमा आक्रमण भएको एक्स अकाउन्टमा लेखेका छन् ।
उनले पाकिस्तानका सम्पूर्ण जनता पाकिस्तानी सेनासँग एक भएर उभिएका र देशको मनोबल उच्च भएको पनि उल्लेख गरेका छन् ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी ठेगानामा आक्रमण गरेको प्रचार गरे पनि सर्वसाधारण नागरिकको बस्तीमा आक्रमण भएको बताएका छन् ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले पाकिस्तानमा गरेको आक्रमणलाई ‘लाजमर्दो’ भनेर टिप्पणी गरेका छन् ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भारत र पाकिस्तान दुवैलाई संयमित हुन आह्वान गरेका छन् ।
भारतले यस अघिनै सिन्धु जल सन्धि निलम्बन गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्ने घोषण गर्यो त्यसको प्रतिक्रियामा, पाकिस्तानले पनि भारतीय नागरिकहरूको भिसा रद्द ग¥यो र शिमला सम्झौता निलम्बन गरेको थियो ।
भारत र पाकिस्तान बिच युद्धको खतरा किन पनि छ भने पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले यदि भारतले सिन्धु नदीको पानी रोकेमा पाकिस्तानले यसलाई ‘युद्धको कार्य’ मान्ने बताई सकेका थिए अहिलेत मिसाई आक्रमण नै भयो ।
त्यसो त आक्रमणको भोलिपल्ट २३ अप्रिलमा बसेको भारत सरकारको सुरक्षा समितिको बैठकले भारत पाकिस्तानबीचको एकमात्र आधिकारिक स्थलमार्ग अटारी सीमानाका बन्द गर्ने निर्णय गर्दै सो नाका भएर आउजाउ गर्नुपर्ने भएकाहरुलाई १ मे अर्थात् वैशाख १८ गतेसम्मको मौका दिएको थियो ।
यसैगरी सार्क भिसाबाहेक पाकिस्तानी नागरिकलाई ४८ घन्टाभित्र भारत छाड्न निर्देशन दिएको थियो ।
पाकिस्तानले बाघा बोर्डर भारततर्फ अटारी सीमा नाका भनिने)लाई बन्द गर्ने, हवाई तथा व्यापार बन्द गर्ने र भारतीय कूटनीतिज्ञलाई देश निकाला गर्ने लगायतका निर्णय गरेको छ ।
यी पछिल्ला घटनापछि दुई देशबीच तनाब चुलिएको छ । त्यसयता सीमामा गोलीहरु चलेका छन्, र त्यसको मूल्य सिमानाका दुई किनारमा बिछोडिएका परिवार एवं आफन्तजनले चुकाइरहेका छन् । भारतका गृहमन्त्री अमित शाहले सरकारी अधिकारीहरुलाई निर्देशन दिँदै भनेका थिए– सबै पाकिस्तानी नागरिकलाई पत्ता लगाएर भारतबाट निकाला गर्नू । उता पाकिस्ताले पनि जस्तो सुकै परिस्थीति सामाना गर्न तयार रहेको जनाएको छ । भारत र पाकिस्तान बिच विवाद हुदा विश्व जनमान किन पनि बढि चनाखो हन्ुँछन भने यी दुई देशबिच विगतमा पनि पटक पटक युद्ध भएका छन ।
पटक पटक यद्धको मार
भारत र पाकिस्तान बिच भएको सन् १९४७ को भारत–पाकिस्तान विभाजनको घाउ कहिल्यै पूरै निको भएन । आज फेरि ताजा भएर चह¥याइ रहेको छ । सीमाहरू फेरि रक्ताम्य भइरहेका छन् । भारत पाकिस्तान विगतमा १९४७ मा पहिलो पटक युद्ध भयो ।यो युद्धलाई प्रथम कश्मिर युद्ध पनि भनिन्छ ।यसको शुरुआत अक्टूबर १९४७ भएको थियो । जसको परिणाम जम्मू–कश्मीर भारतमा विलय भएको थियो । खासमा बेलायतले भारत छाड्ने बेला कश्मीरका महाराजा हरि सिंह लाई कश्मीर भारत मिसाउने, पाकिस्तानमा मिलाउने वा स्वतन्त्र रहने आफै निर्णय गर्न भनेका थिए ।
त्यस पछि केही मुस्लीम शक्तिले पाकिस्थानको सेनाको सहयोगमा पाकिस्थनामा मिलाउन खोजे यो घटना पछि महाराजा हरि सिंहले भारतको सहयोग खोजे यही समय भारतले आफुमा गाभ्यो ।युद्ध पछि संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा छलफल भई २२ अप्रैल, १९४८ को प्रस्ताव ४७ पारित भयो । नियंत्रण रेखा तय गरियो ।१ जनवरी, १९४९ को २३ः५९ बजे युद्धविरामको घोषणा भयो भारतले जम्मू र कश्मीर को दुई–तिहाई भागमा नियंत्रण गरेको थियो जबकि पाकिस्तान ले गिलगित बाल्टिस्तान र आजाद कश्मीर माथि कब्जा गरेको थियो । यस पछि जम्मू र कश्मीर राज्य रहेन ।
१९४७ को युद्ध पछि १९६५ मा पुन युद्ध भयो यसमा पाकिस्तान ले कश्मीर मा घुसपैठ गरेर पाकिस्तान अप्रेशन जिब्राल्टर गरे पछि भएको थियो । १७ दिन सम्म भएको युद्धामा दुबै पक्षका हजारौ व्यक्ति मारीए ।
तेस्रो पटक १९७१ का युद्ध भयो । बांग्लादेश मुक्ति संग्राममा भारतले सहयोग गरे पछि भारत र पाकिस्तान बीच युद्ध भएको थियो । चौथो पटक १९९९ मा युद्ध पनि युद्ध भयो यसलाई जनमानसमा कारगिल युद्धको नाम बाट जानिन्छ ।
अब पनि त्रास
यसरी बिगतमा पनि युद्ध भएको ईतिहास, अनी दुबै देशका शासकको आफुहरु बिरुद्ध उब्जीएको जनताको असन्तुष्टीबाट ध्यान अन्त मोड्ने खेल । राष्टवादी देखिने होडले ईतिहास नदोहोरियाला भनेर ढुक्क हुने अवस्था छैन त्यसैले युद्धको त्रास छ


















