प्रधानमन्त्री र मुख्यमन्त्रीले शुभकामना दिइसकेको यज्ञशिरोमणि बालयोगेश्वरले संकल्प गरेको पोखरा-कोटिहोममा थपियो सभामुख लगायतको शुभकामना : अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित

राजधानी काठमाडौंबाट १६ वर्ष १० महिना अगाडि देखि लगातार प्रकाशित हुँदै आएको अग्निचक्र राष्ट्रिय मासिकले फागुन २०८१ को अंकलाई कोटिहोम विशेषाङ्कको रुपमा प्रकाशित गरेको थियो | लगत्तै चैतमा पनि २०८१ वर्ष १६, अङ्क ९, पूर्णाङ्क १६१ (चैत २०८१) लाई शत कुण्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्कको रूपमा प्रकाशित गरेको पाइएको छ । साथै वैशाख २०८२ को अंकलाई पनि कोटिहोम महायज्ञ विशेषाङ्कको रुपमा यसैसाता प्रकाशित गरेको छ |

पोखरामा २०८१ चैत १७ देखि २०८२ जेठ २६ सम्म भैरहेको कोटिहोमको सम्पूर्ण विषयवस्तु समेटिएको अग्निचक्र मासिकमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितका व्यक्तित्वहरुको शुभकामना-मन्तव्य प्रकाशित छ ।

यसका अलावा पोखरा महानगरपालिका मेयर र पोखराका सिडियोको समेत शुभकामना प्रकाशित छ । पोखराका समाजसेवी-अभियन्ताहरु एवं कास्की जिल्ला क्षेत्रका स्थानीय जनप्रतिनिधिहरु, उद्योगी, पर्यटन व्यवसायीहरु, समाजसेवीहरु, विद्वान् पोखरेलीवासीहरुको अन्तर्वार्ता तथा शुभकामना समेत प्रकाशित भएको अग्निचक्रका विशेष-अङ्कहरुमा कोटिहोम हुने स्थान पोखरा-१७, बिरौटाका भद्रभलाद्मीहरु, आमा समुह, युवाक्लब लगायतका संघ संस्थाहरुको पनि कोटिहोम सफलताको कामना गर्दै  शुभकामना छापिएको  छ ।

बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले संकल्प गर्नुभएको श्री गण्डकी कोटिहोम पोखरा-१७, बिरौटामा अहिले सभ्यभव्य रुपमा धमाधम भैरहेको छ । गण्डकी प्रदेशका सबै माननीयहरु, वडाअध्यक्षहरु लगायत आम पोखरेलीहरुको शुभकामना कोटिहोमले पाएको प्रमाण अग्निचक्रले दिएको छ |

गत फागुनको अंकमा पनि अग्निचक्रले श्रीगण्डकी कोटिहोम पोखरा विशेष-अङ्क प्रकाशित गरेको थियो । धार्मिक भावनाले युक्त, सात्विक एवं स्वच्छ छविको चिनारी पाएका वरिष्ठ पत्रकार लक्ष्मी नारायण भट्टराई सम्पादक/प्रकाशक रहनु भएको अग्निचक्रको बैसाक विशेष-अङ्कका सामाग्रीहरुलाई यहाँ पिडिएफ राखेका छौँ :—–