काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ ठमेल सातघुम्ती चोक नजिक आगलागी भएको छ ।
शुक्रबार मध्यान १२ बजेको समयमा उर्मिला श्रेष्ठको ४ तले पक्कि घरको दोस्रो तलामा आगालागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दोस्रो तला राजन श्रेष्ठले भाडामा लिई फुलमुन क्लबमा सञ्चालन गरेका थिए । विद्युत् सर्ट भई आगलागी हुँदा दोस्रो र तेस्रो तलामा क्षती भएका हो ।
आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ । आगलागी काठमाडौँ महानगरपालिकाको तीन वटा दमकल, बुढानिलकण्ठ नगरपालिकाको एउटा दमकल,पानी ट्याङकर,नेपाल प्रहरी र स्थानिय सहायताले एक घण्टापछि आगालागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

















