काठमाडौं, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आरआर क्याम्पस इकाइ अध्यक्ष सङ्गम कुमार लामा र केन्द्रीय सचीव शिशिर बस्याल विरुद्ध अनुशासनहीनता र साङ्गठनिक निर्णय प्रक्रिया उल्लंघन गरेको आरोपमा कारबाहीको माग गरिएको छ।
आरआर क्याम्पसका अखिल (क्रान्तिकारी) बहुमत पदाधिकारीहरूले बिहीबार दिउँसो पार्टीको केन्द्रीय कार्यालय बागबजार पुगेर अध्यक्ष विजय सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा अध्यक्ष लामा र केन्द्रीय सचिव बस्यालले संगठनको सैद्धान्तिक अनुशासन, सामूहिक निर्णय प्रक्रिया र सांगठनिक मर्यादा विपरीत गतिविधिहरू गर्दै आएको आरोप लगाइएको छ। उनले सर्वसम्मत स्ववियु को नाममा एकलौटी गरेको आरोप लगाएका छ्न्।
विद्यार्थी नेताहरूले लामामाथि गत वैशाख बस्याल बहुमत पदाधिकारी को सल्लाह विपरीत एकलौटी गरी सङगठन हानी पार्ने कार्यमा संलग्न भएको र उक्त कार्यले संगठनको नाम दुरुपयोग गर्दै पार्टीको वैचारिक, साङ्गठनिक र कार्यगत शुद्धतालाई हानि पु¥याएको उल्लेख गरेका छन्।
पदाधिकारीहरूका अनुसार, लामाले व्यक्तिगत हैसियतमा निर्णय लिने, अनियमितता मच्चाउने, तथा गुटबन्दी र पक्षपाती क्रियाकलापमार्फत संगठनको एकता खल्बल्याउने प्रयास गरेका छन्।
संगठनको मर्यादा कायम राख्न अध्यक्ष लामालाई तत्काल सबै जिम्मेवारीबाट हटाई आवश्यक अनुशासनात्मक कारबाही गर्नुपर्ने मागसहित केन्द्रीय नेतृत्व समक्ष औपचारिक पत्र बुझाइएको हो।
ज्ञापनपत्रमा हस्ताक्षर गर्ने विद्यार्थी नेताहरूमा उपाध्यक्ष द्वय दिपक बिष्ट र लक्ष्मण सुनार, सचिव टोप बहादुर कार्की (अजय), सह–सचिव द्वय रमेश नेपाली र पासाङ पुन, तथा कोषाध्यक्ष केशर विश्वकर्मा सहमति रहेको छ


















