नेपालले हङकङलाई दियो ३० रनको लक्ष्य

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले भइरहेको खेलमा नेपालले हङकङलाई ३० रनको लक्ष्य दिएको छ । वेटआउटफिल्डका ५ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ३ विकेट गुमाएर २९ रन बनाएको हो ।

नेपालका लागि ओपनर सम्झना खड्काले७ बल खेल्दै १ चौका मदतमा सर्वाधिक १० रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान इन्दु वर्माले १० बलमा अविजित ९ रन जोडिन् ।

हङकङका लागि अलिसन सिउले २ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । यस खेलमा जित हात पारे नेपालले समूह सी को विजेता बन्दै सुपर थ्री चरणमा स्थान पक्का गर्नेछ ।