सलमान रुस्दीमाथि घातक आक्रमण गरेका माटारलाई २५ बर्षको जेल सजाय

न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु आक्रमणमा उपन्यासकार सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा एक अमेरिकी–लेबनानी नागरिकलाई शुक्रबार सजाय हुने भएको छ ।

अमेरिकी–लेबनानी नागरिक २७ वर्षीय हाडी माटारलाई यसै वर्षको फेब्रुअरीमा हत्या प्रयास र आक्रमणको अभियोगमा दोषी ठहर गरिएको थियो । माटारले आफूमाथि छुरा प्रहार गरेको र कुटपिट गरेको सुनुवाईको क्रममा रुस्दीले बताएको थियो । रुस्दीले भने, “यो मेरो आँखामा छुरा प्रहारबाट चोट लागेको थियो, यो असाध्यै पीडादायी थियो, त्यसपछि दुखाइका कारण म चिच्याएको थिएँ ।

मुद्दाको सुनुवाइका क्रममा धेरै पटक प्यालेस्टाइनको समर्थनमा नारा लगाएका माटरले रुस्दीलाई छ इन्चको धारिलो हतियार ९छुरा० ले १० पटक प्रहार गरेको स्वीकारेका थिए । यसअघि उनले सञ्चारमाध्यमसँगको कुराकानीमा रुस्दीको ‘द स्याटानिक भर्सेस’का दुई पृष्ठ मात्र पढेको तर लेखकले ‘इस्लाममाथि आक्रमण गरेको’ विश्वास गरेको बताएको छ ।

सन् १९८९ मा इरानले रुस्दीको हत्याको माग गरेको फतवापछि माटारको कानुनी टोलीले रुश्दीलाई उत्पीडनको सिकार भएको भनी चित्रण नगर्न साक्षीलाई अनुरोध गरेको थियो । इरानले आक्रमणकारीसँग कुनै सम्बन्ध नरहेको बताउँदै घटनाका लागि रुस्दी नै दोषी रहेको दावी गरेको छ ।

आक्रमणमा रुस्दीको दाहिने आँखाको ‘अप्टिकल नर्भ’ काटिएको (चोट लागेको) थियो र उनले अदालतसमक्ष भने, “आँखालाई मोइस्चराइज गर्नका लागि बन्द गर्ने निर्णय गरिएको थियो। यो एकदम पीडादायी शल्यक्रिया थियो जुन म कसैलाई यसका लागि सिफारिस गर्दिन।”

आक्रमणबाट रुस्दीको रूद्रघण्टी, कलेजो र सानो आन्द्रामा पनि चोट लागेको थियो र पाखुरामा नशा काटिएपछि (स्नायुमा क्षति पुगेपछि) उनको एउटा हातमा पक्षाघात भएको थियो । अहिले ७७ वर्ष पुगेका बेलायती मूलका अमेरिकी रुस्दीलाई माटरको आक्रमणपछि उद्धार गरी अस्पताल भर्ना गरिएको थियो । गत वर्ष उनले ‘नाइफ’ नामक संस्मरण प्रकाशित गर्नुभएको थियो, जसमा उहाँले मृत्युनजिकको अनुभवलाई प्रस्तुत गरेको छ ।

‘द इलेभेन्थ आवर’ रुस्दीको विषयवस्तु र रुचिका स्थानहरूको जाँच गर्ने लघुकथाहरूको सङ्ग्रह ‘द इलेभेन्थ आवर’ नोभेम्बर ४, २०२५ मा सार्वजनिक गरिने उनको प्रकाशकले मार्चमा घोषणा गरेको छ।

मुम्बईमा जन्मिएका रुस्दी आफ्नो दोस्रो उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ (१९८१) बाट चर्चामा आउनुभएको थियो, उक्त उपन्यासले स्वतन्त्रतापछिको भारतको चित्रणका लागि बेलायतको प्रतिष्ठित बुकर पुरस्कार जितेको थियो। तर ‘द शटानिक भर्सेस’ ले रुस्दीलाई अझ बढी अर्थात् सोचेभन्दा बढी ध्यान आकर्षित गर्‍यो ।

रुस्दी विशेष गरी, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र इस्लाम धर्मको अपमान गर्नु कुनै पनि परिस्थितिमा अस्वीकार्य छ भन्ने कुरामा जोड दिनेहरूबीच भीषण रस्साकस्सीको केन्द्र बने । विवादका कारण उहाँका पुस्तक र पुस्तक पसलहरूमा समेत आगो लगाइयो, उहाँको जापानी अनुवादकको हत्या गरियो र उनको नर्वेली प्रकाशकलाई धेरै पटक गोली हानि मार्ने प्रयास गरिएको थियो।

रुस्दी सन् १९८९ को फतवापछि एक दशकसम्म लण्डनको एकान्तवासमा बस्नुभएको थियो तर विगत २० वर्षदेखि उहाँ न्युयोर्कमा सामान्य रुपमा बस्दै आएको छ ।