पूर्व सोभियत संघ अन्तरगतका विभिन्न विश्व विद्यालयमा अध्ययन गरी नेपाल फर्किएका प्रबुद्ध वर्गको साझा संस्था मित्र कुञ्जले आफ्नो स्थापनाको ५८ औ वार्षिक उत्सव कार्यक्रम विभिन्न कार्यक्रम गरी मनाएको छ । सोहीक्रममा यही जेठ २ गते शुक्रबार रुसी सांस्कृती केन्द्र कमलपोखरीमा विशेष कार्यक्रम गरेको छ ।
कार्यक्रम मित्र कुञ्जका अध्यक्ष सुस्मा खत्री रञ्जीतको अध्यक्षमा भएको थियो । कार्यक्रममा रुसी सांस्कृती केन्द डेपुटी प्रमुख ..आनुस्का भानियन…ले शुभकामना दिदै मित्र कुञ्जका गतिविधिले नेपाल रुस बिचको मित्रता अझ प्रगाढ बनाउन सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि एवं मित्र कुञ्जका संस्थापक अध्यक्ष निलाम्वर आर्चायले नेपालको शिक्षा क्षेत्रलाई अगाडी बढाउन रुसमा छात्रवृती पाएर अध्यन गर्न पाउने प्रोग्रामले ठुलो योगदान दिएको बताउनुभयो । उहाँले सन् १९६७ मा मित्र कुञ्जको स्थापना गर्दा पूर्व सोभियत संघका विभिन्न देशहरूबाट (अहिले ती देशहरुलाई सी आई एस भनिन्छ), विभिन्न विधाहरुमा उच्चशिक्षा हासिल गरी नेपाल फर्किएका प्रबुद्ध वर्गलाई एक आपसमा समेट्नु रहेको बताउदै त्यो उदेश्य धेरै हदसम्म पुरा भएको बताउनुभयो । त्यस्तै स्वस्थ शैक्षिक वातावरण सृजना गरी एक आपसमा निहीत ज्ञान शीप र उर्जालाई बाँड्न सकियोस र त्यसले देशकै सर्वांगीण विकासमा महत्वपूर्ण योगदान दिन सकोस भन्ने उदेश्य पनि पु्रा भएको बताउनुभयो ।

कार्यक्रममा मित्र कुञ्जका अध्यक्ष सुस्मा खत्री रञ्जीतले मित्रकुंज सदैव नेपाल तथा अरु विभिन्न देशहरुका बौद्धिक समाजलाई आफूमा समेट्न र उनीहरुसंग अन्तरक्रिया गरी एउटा पारस्परिक सद्भाव, सहयोग र मित्रताको वातावरण सृजना गर्न अग्रसर रहिरहेको र विज्ञान, प्रविधि, र अन्य विविध क्षेत्रहरुमा देश तथा समाजको लागि संयुक्त रुपमा महत्वपूर्ण भूमिका खेली रहेको बाउनुभयो ।
कार्यक्रममा खेल कुद प्रयिोगिता विजयी, कला प्रदर्शनीका सहभागि भवन निमार्ण गर्न आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको बिच बिचमा गित संगित पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा पुर्वअध्यक्ष महेश प्रसाद पाण्डे ,नहेन्द्र प्रधान, ध्रुब महर्जन लगाायतको बिशेष उपस्थीति रहेको थियो । सो क्रममा मित्र कुञ्जका पुर्व अध्यक्ष नहेन्द्र प्रधानले सोभियतसंघ/रुस , रुसी जनता तथा प्राध्यापक र सहपाठीहरुलाई हार्दी आभार शुभकामना व्यक्त गर्दछु भन्नुभयो ।कार्यक्रममा नेपाल एकेडमी अफ फाईन आर्टक एकेडमीसियन सुस्मा राज भण्डारी बिनोद न्यौपाने लगायतको सक्रिय सहभागिता रहेको थियो ।


















