सांसद कुसारीले माईक प्रहार गरिन सामाजिक समितिका सभापति साहलाई

 

नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरेकी छन्।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार भएको बैठकमा माओवादीकी सांसद कुसारीले नेम प्लेट र माइकले सभापति साहलाई प्रहार गरेकी हुन्।

समिति सभापति साहले सांसद कुसारी समिति बैठकमा ढिला गरी आएको र अनुमति बेगर बोल्न थालेको विषय उठाएका थिए। त्यसपछि उनीहरूबीच भनाभन प¥यो।

‘उहाँ ढिला आउनुभयो। अनुमतिबिनै बोल्न सुरू गर्नुभयो। माइक फाल्नुभयो। धन्न मतिर आएन, सांसदहरू भएतर्फ गयो। उहाँ अनुगमनमा गएको विषय उठाउन खोज्नुभएको थियो। तर बैठक टुङ्गिन लागेको बेला एकदमै रिसाएर प्रस्तुत हुनुभयो’, सभापति साहले भने, ‘महिला बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषय थियो।’