कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँने रोशनी शाही मृत फेला

काठमाडौँ । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पु¥याउने रोशनी शाही मृत फेला परेकी छन् । उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् ।

सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ