हाम्रो थप दैनिकी

यसअघिको श्रृँखलामा हामीले गर्नु पर्ने जीवन शैलि बारे चर्चा भएकोमा थप चर्चा गर्ने यो आलेखको आशय रहेको छ । मूलत उमेर वृद्धिसंगै आहार, विहार गर्न जानिएन भने शरिर सबैका लागि बोझ भइदिन्छ । खाना समय मिलाएर सन्तुलित खाने गर्नु पर्छ । २५ प्रतिशतभन्दा कार्बो प्रयोग नगर्नु उत्तम हुन्छ । भात, रोटी, चिउरा, ढिँडो, हलुवा आदि कार्बोको मात्रा एक चौथाई, अर्को एक चौथाइ खानाको मात्रा प्रोटिन अर्थात् दाल, गेडागुडीको रस रेशादार खाना खाने गर्नुपर्छ । बाँकी आधा रेशादार फलफुल, साग सब्जी हरिया, फ्याट अदि प्रयोग गरिनु पर्छ ।

दाख, सिमिस, छोगडामा अधिक ग्लाइको हुने हुँदा एकदमै कम प्रयोग गर्ने र काजु, बदामहरुसंग अन्य खाना मिलाएर खान सके जि आई को मात्रा सन्तुलन हुन्छ । खर्जुवा, तर्जुवा, आँप, पाकेको केराभन्दा करेला, भिण्डी, घिरौँला, लौका, हरिया फर्सी, बोडी, सिमी, काँक्रो, मूला, प्रयोग गर्न सकिन्छ । केही ओखर, कटुँस, पेस्ताहरु लिन सकिन्छ तर सय ग्राम आसपास मात्र नियमित खानु बेस हुन्छ । आइसक्रिम, केक, बर्फी, पेडा, जँकफूड, फास्ट फूड, पेय पदार्थ सार्है कम बा प्रयोग नगर्नु राम्रो हो । छोगढामा जि आइ ७०, मखनमा ५५ हुन्छ, किसमिसमा ६५ हुन्छ, आरु, अम्बा राम्रो हुन्छ, खान । मेथी भिजाएर टुसा उमार्ने गरी राख्ने र खालि पेटमा खाँदा राम्रो हुन्छ भने चियाको तल्तल छ भने अम्बाको बोटको पात उमालेर थोरै दाल्चिनी हालेर बा तुलसीको पात राखेर खाँदा हुन्छ ।

कोलोस्टोरल दुई प्रकारको हुन्छ एक राम्रो अर्को नराम्रो । राम्रो कोलोस्टोरल बढाउनु पर्छ नराम्रो घटाउनु पर्छ, प्रयोगशालाबाट यसको मात्रा तोकिएको हुन्छ । फटाफटको हिँडाइले शरिरका धेरै अँगमा राम्रो प्रभाव पार्छ । हत्केला र पैतालामा शरिरका सबै अँगका भेनहरु हुन्छन्, हिँड्दा ती भेनहरु सक्रिय भई रक्त प्रवाह र नसा, शुद्धिकरण गर्न सहयोग गर्छन् । हत्केलामा लक्ष्मी, चन्द्र, सूर्य, नव ग्रह, देव, पितृहरु सबैको बास हुन्छ र विहान उठेर हत्केलाको दर्शन गर्ने, मुसार्ने गर्नु पर्छ । हत्केलाको मालिसले व्रेनलाई राम्रो गर्छ भने चोरी औँलाको पुछारमा अकुप्रेसर गर्नाले प्याँक्रियाज सक्रिय हुन्छ, युरिनरी ब्ल्याडर बलियो हुन्छ र प्रोस्टेड ग्रन्थी मजबुत हुन्छ । प्रोस्टेड ओखर आकारको हुन्छ, बूढ्यौलीमा महिलालाई पाठेघरले समस्या दिए जस्तै पुरुषलाई यसले दिन सक्छ । यो पिसाव थैलीको मुखमा हुन्छ, दिसागर्ने प्वालबाट औँलाले चिकित्सकहरुले यसको सिधै परीक्षण गर्न सक्छन्, भि डि ओ एक्सरेबाट यसको आकार थाहा हुन्छ । सामान्य आकार २५ हो तर ३० सम्ममा टलरेट हुन्छ र औषधि प्रयोग नगरी मुख बार्नाले र आबश्यक अभ्यास गर्नाले पनि ठीक हुन्छ, बढ्न दिँदैन तर यसलाई लापरबाही गरे क्यान्सर हुन सक्छ । मण्डुकासनले यसलाई सफा राख्न गर्न सकिन्छ । हत्केलाको अकुपन्जर गरेर पनि यसमा भएको खरावीलाई कम गर्न सकिन्छ, यसमा दाग लाग्ने, मसिना विमिरा हुन्, ऐँजेरु पलाएर घाउ हुने, यसको वृद्धिले पिसाव नलीलाई रोकिदिने, छिनछिनमा पिसाव लाग्ने, रातमा बढी उठिरहनु पर्ने, पिसावधारा बलियो नहुने, थोपा थोपा जाने, रगत पनि देखिने हुन सक्छ ।

नाभिस्थलमा मुड्कीले दवाव दिएर, घुँडा दुई हातले उठाएर दायाँ बायाँ खुटटालाई कडा हल्लाएर,दुबै कर्कुच्चाले पिसाव स्थान छुने गरी दुई घुँडालाई जोडले तल माथि हल्लाउने गर्दा पनि प्रोस्टेडलाई दवाव हुन्छ र सफा हुन सक्छ । पिसाव थैली कडा पार्न फर्सी, काँक्रोको वियाँ खान सकिन्छ बा अचार बनाएर पनि । पेटमा ढुंगा छ भने ५ एम एम सम्म पानी धेरै पिउँदा, पत्थरचट्टाको नियमित सेवन गर्दा, साइकल आदिको शारिरिक अभ्यासले पनि जान सक्छ तर त्योभन्दा ठूलो आकार भए युरिम्याक्स मेडिसिनको सेवन नियमित बा त्यसले पनि नभए हिजोआज सजिलो शल्यक्रियाबाट भित्रै फोरेर युरोलजिष्ट हरुले निकाल्ने गरेका छन् तर निकालेपछि २ हप्ता पिसाव नलीमा पाइप राख्नु पर्छ ।

अधिक चिल्लो र खानपिनमा ध्यान नहुँदा मृर्गौला बा पिसाव नलीमा ढुंगा हुन्छ, ढुँगा बनिरहँदा थाहै हुन्न, दुख्दैन तर आकार बढेसंगै ठाउँ सर्दा मरणासन्न दुख्छ, तुरुन्तै चिकित्सकको सल्लाह लिनु पर्ने हुन्छ, सामान्य अल्टृासाउण्डले ढुंगा नेदेखिन सक्छ, के यु वि एक्सरे बा सिटी स्क्यान गरेर यसको आकार स्पष्ट हुन्छ । जाडो याममा मेथीको धुलो चूर्ण खाने र गर्मीयाममा यो भिजाएर खाने गर्नु पर्छ, फरक प्रभाव सर्दी र गर्मी गर्छ यसले । भान्छा औषधालय हो, जिरा, मरिच, खुर्सानी बेसार, नून, मेथी, ज्वानो, हिँग, धनियाँ, टिम्मुर, दाल्चिनी, कुरिलो, लसुन, अदुवा, ज्वानु भान्छामा हुनु पर्छ, केही मरमसला धूलो बनाएर राख्ने र आबश्यक हतार भएका बेला यसको छिटो प्रयोग सजिलो हुन्छ । तामाको भाँडोमा उमालेको पानी राख्ने र पिउने गर्नु राम्रो हुन्छ तर खाना भने तामाको थाल मा हुन्न, तामाको स्पर्श गर्नाले सुगर, प्रेसरमा कमी हुन्छ, रक्त प्रवाह राम्रो हुन्छ, तनाव, ईष्र्या मनमा आउँदैन त्यसैले पूजाभाँडा माझ्ने पूजा गर्ने गरिउको हो । संकल्प गर्दा, अर्घ पूजा गर्दा पूजासामा हाल्दा मस्तिष्कमा सकारात्मक ऊर्जा जाने भएकाले वैदिक सनातनहिरुले पूजाआजा नगरी खाना नखाने गरेका हुन् ।

पूजा गर्दा नित्य सूर्य, गणेश, देवी, विष्णु, शिव यी पान्चायनको नित्य पूजा गर्नु पर्छ कारण हाम्रो शरिर पन्चतत्वको हो, ऊर्जा दिने देबी, आत्मिक बल दिने सूर्य, वाक्सिद्धि गर्ने गणेश, शरिर समग्रमा सन्चालक विष्णु र ज्ञानदाता शिव हुन्, ज्ञान मस्तिष्क हो, सीता हिर्दय भक्ति हो । ज्ञानलाई विज्ञान दिने काम पनि यी देवताकै काम हो त्यसैले विहानै उठेर पहिले सूर्यलाई तामाको कलशले जलदान गर्नुपर्छ आफूले प्रयोग गर्नुअघि सूर्योदयमै । जीवनको उषाकाल विहानी हो, यो सत्ययुग हो, ज्ञान वृद्धिको समय त्रेता हो, विहान एघारबजेसम्म, त्यसपछिको जीवन कर्मयुग द्दापर हो, विस्तारै सूर्यास्तका साथमा कलियुग शुरु हुन्छ, जहिले पनि युग संक्रमणमा जप, आरती, ध्यान, योग, आत्मनिवेदन गर्नु पर्छ । सँझको बत्ती बाल्नु भनेको कलिको आरम्भ यतिबेला अन्धकारको नाशका लाागि आरती बत्ती बाल्ने काम गरिएको हो । घरको आसपास कतैतिर फोहर बाँकी छ कि सधैँ हेनुपर्छ फाहोरमा लक्ष्मीको बास हुन्न, साँझ परेपछि कुचो लाउनु हुन्न, हतियार बा कुचो ठाडो पारेर राख्ने गर्नु हुन्न, उठेर र खाइसकेपछि उठेर केही खाने बा पानी पिउने बानी नराम्रो हो, अरुलाई दिँदा पानी सिधै हातमा नदिएर नजिक कतै राखेर लिनूस् भन्नु पर्छ ।

सुगरका रोगीले नियमित पालुँगो बा मेवा खानु हुन्न, तरकारीमा बन्दगोभी, ब्रोकाउली राम्रो हो, काउली सधैँ राम्रो हुन्छ भन्ने होइन, थाइराइडलाई काउली सेवन नगरेको राम्रो हो । सुत्दा पहिले बायाँ कोल्टो पछि दायाँ कोल्टो राम्रो हो, जिउ खुम्च्याएर, घोप्टो परेर, धेरै समय उत्तानो परेर सुत्ने बानी राम्रो होइन, सुत्नेबेला हल्का मन तातो पानी मात्रै सेवन गर्नु राम्रो हो । खाएको दुईघण्टामा खाना ब्लडमा गइसकेको हुन्छ र पि पि गर्दा दुई घण्टाको समय दिइएको हो । प्याँक्रियाजलाई धेरै चल्न दिनु हुन्न, तर सक्रिय राख्न र इन्सुलिन फाल्न यसलाई काम पनि समयमा दिने र आराम पनि राख्ने गर्नु पर्छ, बढी आराम भनेको डायबेटिज असन्तुलन हो यसअघिको श्रृँखलामा चर्चा गरिउकै छ ।

अस्तु ।