राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले दिए ।

उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।