अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्न वा आदानप्रदान कार्यक्रमहरूमा भाग लिन आउने विदेशी विद्यार्थीहरूको प्रवेश हाललाई छ महिनाको लागि निलम्बन गरेका छन् ।
अमेरिकी राष्ट्रपतिले बुधबार राष्ट्रिय सुरक्षाका कारणहरू उद्धृत गर्दै यो घोषणा गरेका हुन् । संस्थानमा विदेशी विद्यार्र्थीहरूलाई प्रवेश जारी राख्नु अमेरिकी हितको लागि हानिकारक हुने उनले बताए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, हार्वर्ड विश्वविद्यालयले ट्रम्पको कदमलाई प्रतिरोधात्मक भनेर वर्णन गरेको छ र यसले आफ्ना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा जारी राख्ने कुरामा जोड दिएको छ ।
अप्रिलमा हार्वर्डले ह्वाइट हाउसका धेरै मागहरू स्वीकार गर्न अस्वीकार गर्दा यो विवाद सुरु भएको थियो । बुधबारको आदेश गत हप्ता एक न्यायाधीशले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई हार्वर्डमा जान प्रतिबन्ध लगाउने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई रोक लगाएपछि आएको हो ।


















