अख्तियारले पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर (नामसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उक्त मुद्दामा नेता नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ । जसमा पूर्वप्रधानमन्त्री नेपालसहित तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जना प्रतिवादी रहेका छन् ।

यो मुद्दामा दुई जना पूर्वमन्त्री समेत प्रतिवादी छन् । तत्कालीन कानुनमन्त्री प्रेमबहादुर सिंह र भौतिक मन्त्री डम्बर श्रेष्ठ पनि प्रतिवादी रहेका छन् ।