हाम्रो दैनिकी विषयक विचारहरु यस श्रृँखलामा प्रस्तुत भइरहेका छन् । अध्यात्म दर्शनको खोज अनुसन्धानमा लागिरहँदा भौतिक विषयहरुलाई पनि छोड्न नसकिँदो रहेछ । हाम्रो स्थूल शरिर भौतिक विज्ञानमा आधारित छ, मन र आत्मा भने अध्यात्म विज्ञानमा । मानव अधिकार तथा शान्ति समजले हालै काठमाडौँमा एक अन्तरक्रिया कार्यक्रम राखेको थियो, त्यसमा प्रमुख अतिति थिए, स्वास्थ्य तथा जनसंख्या मन्त्री र वक्ताहरुमा लामो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा खटिरहेका हस्तीहरु पनि । शिक्षा र स्वास्थ्य क्षेत्रको एक अभियन्ताका नाताले पंक्तिकारले पनि सो कार्यक्रममा आप्mना धारणाहरु प्रस्तुत गरेको र केही सारसंक्षेप यहाँ पस्किने जमर्को गरिएको छ ।
मूलत हामीले जीवनको उत्तरार्ध पुगिसक्ता पनि के खाने, कसरी खाने, कुन बेला, कति खाने आहार र विहारको सन्तुलन कसरी गर्ने भन्ने विषय सायद सबैलाई थाहा छैन । आज संसारमा भोकमरीको समस्या छ र देशले यो हप्ता खाद्य स्वच्छता दिवस पनि साताव्यापी कार्यक्रमका बीच मनाइरहेको छ । खान नपाएर भन्दा धेरै खाएर र स्वच्छ खाना नखाएर र विहारको अनभिज्ञताले हामी धेरै मरिरहका छौँ जीउँदै र अशक्त विरामीहरुको संख्या अधिक छ । राज्यले गरेको लगानी शिक्षा र स्वास्थ्यमा त्यति कामयावी हुन सकेको पनि छैन ।
एक रोटीमा एक चम्चा चिनी हुन्छ, शरिरलाई चाहिने चिनी एक चम्चा मात्रै हो र नून दैनिक ५ ग्राम मात्रै । उमेर वृद्धि संगै सुगर सन्तुलनमा राख्न खानेकुराको जि आई बुभ्mनु पर्ने हुन्छ र कम जि आई का खानालाई प्राथमिकता दिनु पर्छ । चामलमा ७३, कनिकामा ८२, गहूँको रोटीमा ७५ मैदामा ७१ आलुमा ७१, कुकिज, व्यसनमा ७०, मकैमा ९३, अँगुरमा ५९, तरबुजा, खर्बुजामा ७४ दूधमा ३९, दहीमा २८, योहर्टमा ४०, मोहीमा २०, पनिरमा १०, वदाम, माछा, अण्डामा शून्य, सूर्यमुखी तेलमा २५, चक्लेटहरुमा ३० बढी, करेलामा ४०, केरामा ५१ बढी जामुनमा ३०, राज्मामा २९, बदाममा १३, जौ मा २८, दलियामा ६५, चोकरमा ५५, ओखरमा १३, भिँडीमा २०, प्याजमा २५, गोभीमा १० जि आई हुन्छ र कम जि आईका खाना खाने, कार्बो कम, प्रोटिन र फ्याट साथमा, खनिज, मिनरलहरु मिलाएर खाएन भने आहार सन्तुलित हुन्न र धेरै किसिमका रोगहरु आउँछन् । पानी र खानामा प्रदूषण भए २ सय बढी घातक रोगहरु निम्तिन्छन् । सुगर, प्रेसरका दीर्घरोगीहरुले बजारका, बट्टा बन्दी, पुरानो खाना, बासी खानु हुन्न । विषादी नभएका स्वच्छ, ताजा सागपात, फलपूmल रेसा सहित नै खाने गर्नु पर्छ । पेटमा ढुँगा बन्ने अनेक कारणहरु हुन्छन् भने प्रोष्टेड र प्याँक्रियाज ग्रन्थीलाई सहज र सफा राख्न दैनिक शारीरिक व्यायाम गर्नुु पर्छ, पैदल हिँडाइले प्रोस्टेड ठीक हुन्न ।
औषधिले रोग एक चौथाई मात्रै कम गर्ने हो, अर्को एक चौथाई आहार र अर्को एक चौथाई विहार अनि बाँकी सकारात्मक सोच र उच्च मनोवल नै हो । यो स्थूल शरिरको कुरो भयो, मनको खुराक: संगीत, भजन, कीर्तन, न्यास, ध्यान, प्राणायाम हो । हरेक दिन शरिरको डिटक्सिटाइट् जरुरी छ, हिजोको टक्सिन आज बोसो बन्न र बनेर, बसेर जीवन खेर जान दिनु हुन्न । भित्री शरिरलाई सर्पm, सावुन पानीले शुद्ध गर्न सकिन्न र आत्माको शुद्धताका लागि परमात्माको स्मरण आबश्यक छ । पूजामा बस्दा सकारात्मक ऊर्जा प्राप्त हुन्छ, तामाका भाँडाकुँडाले शरिरमा रक्त स्वच्छता र सन्तुलन, प्रवाह राम्रो गराउँछ । विहानै केही खाइहाल्नु हुन्न । इन्सुलिनको स्रोत प्याँक्रियाज ग्रन्थी, लिवर, मृगौला, मुट संवेदनशील अँगमा ज्यादा बोसो जम्न दिनु हुन्न, वि एम आई मापन, परिक्ष्ण गरेर तौल नियन्त्रण गर्नु पर्छ । कोलोस्टोरल, बोसो भन्नु प्रदूषण हो । अधिक प्रलूषणयुक्त रगतले ब्रेन ह्याम्रेज, मृगौला फेल, हर्ट एट्याट गराउँछ । आँखाले नदेखिने संवेदनशील रक्त कोषिकाहरुले शुद्ध रगत व्रेन, मिर्गौला, मुटु, आँखा रेटिनामा लगिरहेका हुन्छन्, अशुद्ध रगतका कारण तिनले अक्सिजन आपूर्ति गर्न सक्तैनन् र मान्छेको तत्काल मृत्यु हुन्छ, पंक्ति तयार भई रहँदा चर्चित ३ कलाकार, साहित्यकार, लेखकहरुको हिर्दयाघातका कारण मृत्यु भइरहेको थियो । मृत्यु बाजा बजाएर आउँदैन, भरेको रात पनि मेरो अन्तिम हुन सक्छ भन्ने भाव र सकारात्मक सोच र ईश्वर चिन्तन गरी साहसिक भएर, मृत्यदेखि नडराएर मान्छेले आप्mनो कर्म गर्नु पर्छ । कर्मफल हाम्रो हातमा छैन, मन नै बन्धन बा मुक्ति हो यो सन्देश हिजै गीताले दिएको छ । गीताले मुक्ति, भागवतले भक्ति र सप्तशतीले भुक्ति दिने कुरा हामीले धेरै स्थानबाट उजागर गर्दै आएका छौँ ।
हामीले शरिरलाई नै मोवाइल बनाउने हो, अर्थात् विहार राम्रो गर्ने हो, शरिरलाई अल्छीमा राख्नु हुन्न, हरदम यसलाई चलायमान गराउनु पर्छ, शरिरले धान्न सक्नेसम्मको शारिरिक अभ्यास गरिरहनु पर्छ । विद्धान्हरुले भनेका छन्, आलस्य सैतानको घर हो, अल्छीका घरमा लक्ष्मीको बास हुन्न, अरुको इृष्र्या नगरी मनको उदारता देखाउनु पर्छ, धन, पद, प्रतिष्ठा क्षणिक हुन्, उकाली असहज हुन सक्छ तर ओराली छिटो हुन्छ । अत: महाभारतले भनेको छ सकेसम्म अरुको उपकार गर्नु पर्छ । तन पवित्र स्नानले, धन पवित्र दानले, मन पवित्र ध्यानले हुन्छ । भव रोगको औषधि हामीसंगै छ, ईश्वर खोज्न टाढा जानु पनि पर्दैन, निरोगी शरिर नभई ईश्वर पाउन कठिन हुन्छ, बिरामी अरुका लागि बोझ हो र शरिर ढलेपछि विरामी परेपछि धन बा कुनै परिबार, बस्तुको कुनै अर्थ रहन्न, अत: शरिरमाद्यं खलु धर्म साधनं भनिएको हो ।
निद्रा भन्नु समाधि हो, बेलुकीको खाना पछि २ घण्टासम्म सुत्नु हुन्न, शरिरलाई सके ९० डिग्रीमै राख्नु पर्छ, ढल्कने, पल्टने गर्नु हुन्न, सके हल्का हिँडाइ राम्रो हो । शिरानी सके घरमूली भए दक्षिण, अरु भए पूर्व गर्नु पर्छ, पश्चिम शिारनीले चिन्ता बढ्छ, रोग पनि र उत्तर शिरानी त शवलाई मात्र हो । भोलिका चिन्ता छोडेर हिजोको दर्दलाई बिर्सेर जीवन आजमा रहेर कर्म गर्दै जानु पर्छ । गीताले भनेको छ हाम्रो कर्म योगमा, ज्ञान पनि योगमा, भक्ति पनि योगमय नै हुनु पर्छ, हरदम नवीन चिन्तन लिनु पर्छ, हरेक दिन मान्छे मरेकै हुन्छ, बाहिर नदेखिए पनि क्षण क्षणमा हाम्रा भित्री करोडौँ सेलहरु मरिरहेका र पुनर्जीवन पाइरहेका हुन्छन्, अस्तु । ।


















