काठमाडौमा रसिया दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवसका अवसरमा काठमाडौको रसियन कल्चर सेन्टरमा विशेष सांस्कृतीक कार्यक्रको आयोजना गरिएको छ। “फ्रम रसिया विथ लभ: अ म्युजिकल जर्नी टु नेपाल” नामक दिईको सांस्कृतिक कार्यक्रममा रसियन र नेपाली कलाकारले सामुहिक र अलग अलग सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरेका थिए ।
जुन १२ मा साँझ ६:०० बजे,बाट काठमाडौँको रुसि सांस्कृतिक केन्द्रमा भएको कार्यक्रममा रूसी कलाकारले रुस र नेपालको संस्कृति झल्कने गित संगित प्रस्तुत गरेका थिए । कार्यक्रममा कलाकारले दर्शकलाई सांगीतिक संसारमा डुबाई आनन्दीत बनाएका थिए । कार्यक्रममा डोमरा, गुस्ली र पियानोको आवाजको आनन्दी बनाएको थियो । काठमाडौँ युवा अर्केस्ट्राका प्रतिभाशाली संगीतकारहरूसँगको सहकार्यमा एन.एन. नेक्रासोभको नाममा रहेको रूसी लोक वाद्ययन्त्रहरूको एकेडेमिक अर्केस्ट्राका कलाकारहरूले कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वी. माल्यारोभले “टेल अफ द रुसी ल्याण्ड”, रुसी लोकगीत — “गोल्डेन–क्रेस्टेड मस्को” एम. ब्लान्टर (एम. इसाकोव्स्की द्वारा गीत) “कात्युषा”वी. सोलोभियोभ–सेडोय (एम. मातुसोव्स्की द्वारा गीत) “मस्को नाइट्स रेशम फिरिरी लोकप्रिय नेपाली लोकगीत सहित बिभिन्न गित प्रस्तुत गरीएको थियो । कार्यक्रमले रुसी र नेपाली जनता बीचको सांस्कृतिक एवं मित्रताको सम्वन्ध अझ बजवुत वनाउन सहयोग गरेको छ ।




















