ग्वार्को ओभरपासको उद्घाटन,प्रधानमन्त्रीले ट्राफिक प्रहरी प्रमुख अधिकारीलाई काट्न लगाए रिबन (तस्बिरसहित)

चार वर्षभन्दा बढी समय लगाएर तयार ग्वार्को ओभरपास उद्घाटन गर्न शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम तय भएको थियो ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारीले ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गरेका छन् । उनले शुक्रबार उक्त ओभरपासको उद्घाटन गरेका हुन् । एसएसपी अधिकारीले ओभरपासको उद्घाटन गर्दा सँगै रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ताली पड्काए ।

उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन् । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।