योगिनी एकादशीः एक चर्चा

 

आज योगिनी एकादशी, आषाढ कृष्ण पक्षको । योग भनेको जोड्ने हो । हिजोआज योगलाई योगामा अपव्याख्या हुन थालेको छ र एकादशी कति वैज्ञानिक छ त्यो पनि बुभ्mने, सुन्ने, हेर्ने फुर्सद कसैलाई छैन । योगिनीको अर्थ जोगिने हो, कुलतबाट, कुप्रवृत्तिबाट, कुसंस्कारबाट । स्याँ स्याँ प्mयाँ फ्याँ गरेर बा हात खुट्टा तन्काएर योग हुने होइन, योगको अर्थ गीताले भनेको छ, समत्वं योग उच्यते, योग कर्मषु कौशलम् बा योगश्चित्तवृत्तिनिरोधः । योगका विषयमा विवेचना गर्दा धेरै अक्षर खेर जान्छन् विषयतिरै प्रवेश गरौँ ।
आजको एकादशी स्मार्त परेको छ, यसको अर्थ वैष्णवहरुले भोलि व्रत गर्ने गर्छन् । एकादशीमा द्दादशी स्पर्श गरेन भने स्मार्त हुन्छ, यसलाई शल्य परेको पनि भनिन्छ । दुई दिनको सुविधा पर्छ कहिलेकँही यसरी । एकादशीको व्रतले ८८ हजार ब्राह्मणलाई एकैपल्ट खाना खुवाएको फल पाइन्छ । एकादशीको उदय श्रीविष्णुले मुर दानवलाई वध गर्दा एक विशेष कन्याको उदय गरी गराएको र ती कन्याको माग अनुसार एकादशी नाम रहेको र सबै पूजाको फल उनै एकादशी मार्पmत् भक्तहरुलाई प्राप्त हुने वरदान अनुसार एकादशीको महत्व बढेको र वर्षमा एकादशी कृष्ण र शुक्ल गरी २४ वटा र अधिकमासमा थप दुई गरी २६ वटा हुन्छन् । शुक्ल र कृष्णमा भेद गरिन्न, जसरी शिव र विष्णुमा भेद छैन ।
सत्ययुगमा असुर जालन्धर र शिवका बीच घमासान युद्ध भयो, महादेवले हार्न लागे । जालन्धर पत्नीमा अथाह सतित्व बल रहेको र त्यसलाई क्षीण नगरेसम्म महादेवले उसलाई हराउन नसक्ने रहेछन् । महादेवले विष्णुलाई भने ‘जालन्धरको भेष लिई पत्नी वृन्दाको सतित्व नष्ट गरि आउनू’ । विष्णुले त्यसै गर्न जालन्धरको रुप लिएर वृन्दाकहाँ गएर बसे । पत्नी वृन्दा खुसी भइन् “महादेवसंग युद्ध गर्न जानु भएको के कस्तो भयो, हार जित” । विष्णुले भने “हे प्रिये, युद्धगर्दा थकाइ लागेको छ, पछि बताउँला पहिले खानेकुरा खाऔ” रातमा मिठा मिठ खानेकुरा मात्रै होइन छद्म भेष लिएका विष्णुले वृन्दालाई पत्नी नै बनाइदिए । भोलिपल्ट थाहा भयो उसै रातमा जालन्धरको बध भइसकेछ । वृन्दाले थाहा पाएर कोठामा थुनी राखिन्, धेरै समय बितेपछि अनेक प्रयासबाट विष्णु छुटे । वृन्दालाई सम्झाउँदै विष्णुले भने ‘जे हुने थियो भैगयो, जीवन नाशवान नै छ बरु वरदान माग के माग्ने ?’ वृन्दा रिसले चूर भइन्, उल्टो श्राप पनि गरिन् ‘हे विष्णु छली छौँ, प्रस्तर हुनु परोस् वनस्पति, झार हुनु परोस् । सतीको श्रापमोचनको सामथ्र्य नहुँदा श्रीविष्णुले प्रस्तरमा शालिग्राम, वनस्पतिमा कुश र झारमा तुलसी भए । एकादशीमा वा चतुर्मासमा बा हरपल हरक्षण तुलसीको महत्व रहेको र हरेक वैदिक सनातनीहरुका घरमा तुलसी मोठ, तुलसी दल, मन्जरी, विरुवा, कुश, शालिग्राम रहेकै हुन्छ । र शालिग्राम स्त्रीहरुले स्पर्श नगर्नुको कारण के हो भने “हे विष्णु तपाइँको भर छैन त्यसैले स्त्रीहरुले नछोइकनै पूजा गरुन् परैबाट” यसो भनिएकाले अहिलेसम्म पनि स्त्रीहरुका लागि शालिग्राम शिला नछुनु भनिएको हो ।
एकादशीको व्रतीले दूध दान गरे वंश वृद्धि हुने, पत्रावलीमा भोजन गरे तीर्थको फल पाउने, अन्नमा राजा भए पनि एकादशीमा चामल र यसको परिकार नखाने, मादक पदार्थ, दूव्र्यसनमा नरहने, माछा, मासु नखाने, लसुन, प्याज नखाने, कुभिण्डो, बयर, बेल नखाने, अमला, मुला, गाजर, लौका, भण्टा, चिचिण्डो नखाने, सकेसम्म गलामा तुसीको माला पहिरन गर्ने गर्नुपर्छ । एकादशीमा तेल दान गरे शत्रुक्षय हुन्छन्, पूmल दान गरे, चढाएमा स्वर्ग प्राप्ति हुन्छ भने यस दिन अरुले दिएको, आप्mनो श्रम परिश्रम नभएको खाना, सामान, बस्तु ग्रहण गर्नु हुन्न, वाणीको व्रत गनृपर्छ, हिँसा त्याज्य छ ।
दुई दिन एक महिनामा पर्ने एकादशीमा अन ग्रहण नगरे भविष्यमा पनि भोकमरी समस्या हल गर्नमा बल वल पुग्छ भने आप्mनो आत्मबल वृद्धि हुन्छ, पाचन शक्ति वृद्धि भई शरिर सुन्दर र स्वच्छ हुन्छ । हरेक दुई हप्तामा शरिरमा रहेका क्यान्सर सेलहरु समयमा खान नपाए मर्छन् तर सकारात्मक सेलहरु भने बलिया हुन्छन् आहार नलिँदा कहिलेकँही । शरिरमा दुई किसिमका सेलहरु हुन्छन्, घातक क्यान्सरका सेलहरु पनि हाम्रो शरिरमै हुन्छन् तिनलाई शुरुदेखि नै मिलाउन सकिएमा घातक रोग लाग्दैन । हाम्रा पूर्वजहरु वैज्ञानिक भएका र तिनले कैयन दिन नखाएरै दिन बिताए, तप गरे, हिजोआजकै सन्दभ हेर्दा पनि शिवपुरी बाबा १३५ वर्ष बढी बाँचे, खप्तड बाबाहरु पनि छन् र पूर्वका षडाननको नाम सबैले सुनेका छन् । अहिले खान नपाएर मर्नेहरुको संख्या भन्दा धेरै खाएर बा त्यही खाना पनि खान नजानेर त्यसको प्रक्रियागत कमजोरीले मानिसहरुलाई ठूला र दीर्घरोग लागेको अबस्था छ । अवको अर्को महायुद्ध हुने हो भने त्यो केवल खाना बा पानीकै कारण हुन्छ, हतियार युद्धभन्दा पनि । महापाप पनि नाश गर्ने शक्ति भएको योगिनी एकादशीको चर्चा आजलाई यति नै अस्तु ।