काठमाडौँ महानगरपालिकका पुर्वमेयर राजाराम श्रेष्ठ नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय उपाध्यक्षमा मनोनित

काठमाडौ । काठमाडौँ महानगरपालिकका पुर्वमेयर राजाराम श्रेष्ठ नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय उपाध्यक्षमा मनोनित हुनुभएको छ । उहाँलाई असार पहिलो साता काठमाडौँमा बसेको नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समितीको पदाधिकारी बैठकले अन्तराष्ट्रिय उपाध्यक्षमा मनोनित गरेको हो । यसै बिच नेपाल भारत मैत्री संगठन काठमाडौँले श्रेष्ठ नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय उपाध्यक्षमा मानोनित हुनुभएकोमा उहाँलाई सम्मान गरेको छ ।
नेपाल भारत मैत्री संगठन काठमाडौँको संरक्षक समेत रहनु श्रेष्ठ नेपाल भारत मैत्री संगठनको नेपाल हेर्ने जिम्मेवारी सहित अन्तराष्ट्रिय उपाध्यक्ष जस्तो गरिमामय पदमा मनोनीत हुनुभएकोमा उहाँको कार्य सफलताको शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन समेत गरेको छ । यही २०८२ आषाढ ०६ गते एक कार्यक्रम गरी उहाँलाई सम्मान गरिएको हो । त्यसै गरी संगठनको २०८२ आषाढ ०६ गते बसेको बैठकले यस अघिको बैठकद्वारा संगठनको सल्लाहकारमा श्यामबहादुर खडका साथै सचिब पदमा अर्जुनकुमार श्रेष्ठ , सदस्यमा संगीत राणा र शोभा के.सीलाई मनोनयन गरिएकोले उहाँहरुलाई समेत स्वागत गर्दै बधाई ज्ञापन गरेको छ ।

काठमाडौँको बैठकले २०८२ जेठ ३१ गते क्षेत्रपाटी पार्टी प्यालेसमा भएको विशेष बैंठकको समिक्षा गर्दै बैठकमा निमन्त्रणालाई स्वीकार गरि छिमेकी राष्ट्र भारतबाट आउनुभएका प्रमुख अतिथी अन्तराष्ट्रिय अध्यक्ष अनुपसिह लगायत विशिष्ट अतिथी,अतिथिहरु सहित कार्यक्रम सफल बनाउन भुमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । त्यसै गरी नेपाल भारत मैत्री संगठन काठमाडौको कार्यालय अर्को व्यवस्था नभए सम्मको लागि कामपा १२, टेकु,मयलबारी स्थित कोषाध्यक्ष कृष्णबहादुर बज्राचार्यको घरमा सन्चालन गर्ने पनि निर्णय गरेको छ । बैठक संगठनको अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा बसेको थियो । बैठकमा नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय उपाध्यक्ष राजाराम श्रेष्ठले नेपाल भारत मैत्री संगठनको उदेश्य र कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । बैठकमा नेपाल भारत मैत्री संगठन काठमाडौका सल्लाहाकार श्यामबहादुर खडकाको विशेष उपस्थिति रहेको थियो ।