आज इरानबाट २८२ भारतीय स्वदेश फर्किए

ईरान र इजरायलबीचको संघर्षको कारण भारत सरकारले सुरु गरेको ‘अप्रेशन सिन्धु’ अन्तर्गत हालसम्म २ हजार ८५८ भारतीय नागरिकलाई सुरक्षित रूपमा ईरानबाट स्वदेश फर्काइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै बुधबार मात्र २८२ जना भारतीयलाई विशेष विमानमार्फत दिल्ली ल्याइएको जनाएका छन्।

भारत सरकारले ईरानमा रहेका आफ्ना नागरिकको सुरक्षाका लागि ‘अप्रेशन सिन्धु’ सुरु गरेको हो। यो उद्धार अभियान निरन्तर रूपमा जारी रहेको मन्त्रालयले जनाएको छ। भारतले केही नेपालीलाई समेत उद्धार गरेको समाचारमा उल्लेख छ ।