काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीको १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउन कसैलाई पनि बचन नदिएको बताएका छन् । शेरबहादुर देउवालाई भेट्न मंगलबार बिहान बुढानीलकण्ठस्थित निवासमा पुगेका पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतलाई देउवाले आफूले कसैलाई पनि सभापतिको उम्मेदवार बनाउने बचन नदिएको बताएका हुन् ।
भेटमा नेताहरूले केही नेताले १५ औँ महाधिवेशनमा सभापतिमा सभापतिको ‘ग्रिन सिग्नल ’ पाए भनेर प्रचार गर्दै हिँडेको भन्दै सत्यता के हो भनेर सोधेका थिए । भेटमा सहभागि नेताले भने ‘हामीले केही नेताहरूले १५ औँ महाधिवेशनमा सभापतिले मलाई ‘ग्रिन सिग्नल’ दिनुभएको छ भन्दै प्रचार प्रसार गरेको सुनेका छौँ, सत्यता के हो भनेर सोध्यौँ,’ ।’ जवाफमा
देउवाले कसैलाई बचन नदिएको बताएका थिए ।देउवाले बेला आएपछि सबैसँग सल्लाह गरेर अघि बढ्ने बताएका थिए ।



















